माघी मिलन कार्यक्रम सम्पन्न

दाङ । कांग्रेसको शुभेच्छुक संगठन नेपाल किसान महासंघ दाङको आयोजनामा कांग्रेस पार्टी कार्यालय घोराहीमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । किसान महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । पुर्ब जिल्ला सभापती बिरकेश्वरि गौतम, कांग्रेसका नेता भुपबहादुर डागि, क्षेत्रिय सभापती भिमप्रकाश खड्कासहितका जिल्ला, […]

Continue Reading

१६ जना डिआइजीको सरूवा : लुम्बिनीमा कडायत आउने

दाङ,२४ पुस । लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख उमेशराज जोशीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा/ काज भएको छ । जोशीको सरूवा/काज भएपछी लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्न कुबर कडायत आउने हुनुभएको छ। डिआइजी कडायतको नेपाल प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालय नक्सालवाट लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा सरूवा/काज भएको हो ।  कडायत नेपाल प्रहरीको केन्द्रीय […]

Continue Reading

भेरी अस्पतालमा बिचौलिया: निःशुल्क उपचारका नाममा पैसा असुल्ने पक्राउ

अर्जुन ओलीनेपालगन्ज २५ पुस । सासु बिरमी बुढाको उपचारका लागि भेरी अस्पताल नेपालगन्ज आएका दाङका अर्जुन सिजाली मगरको भेट दुई दिनअघि नेपालगन्ज राँझा घर बताउने पदमे गहतराजसँग भयो। गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रूपले कमजोर भएका बिरामीलाई आफूले अस्पतालमा बसेर निःशुल्क रूपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए। त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने […]

Continue Reading

विद्युतको महसुल नतिरेको भन्दै सरकारले घोराही सिमेन्ट उद्योगको लाईन काटेपछि महसुल तिर्न आनाकानी

अमरराज आचार्यदाङ, २५ पुस । विद्युतको महसुल नतिरेको भन्दै सरकारले सिमेन्ट उद्योगका विद्युत काटेपछि ती उद्योग अहिले ठप्प छन् । केही समय अघि जिल्लाका घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगको लाइन काटिएपछि यी उद्योगको काम ठप्प हुँदा यहाँ रोजगार गर्दै आएका सयौँ मजदुर बेरोजगार बनेका छन् । उद्योगका अनुसार यी दुई उद्योगमा काम गर्दै आएका […]

Continue Reading

पद्मोदय क्याम्पसलाई जग्गा दान

घोराही । पद्मोदय क्याम्पस घोराही–१७ दाङलाई कस्तुरी घिमिरेले तीन कट्ठा जमिन दान दिनुभएको छ ।‘उहाँहरुले तपाइँ‘को जग्गा दिए क्याम्पसलाई सजिलो हुने थियो भन्नुभयो’– जग्गा दाता घिमिरेले टेलिफोन सम्पर्कमा भन्नुभयो– ‘मैले पनि बाबा आमा र दाईको नाममा दिन उचित मानें ।’स्व माता पूर्णकलादेवी शर्मा, पिता वासुदेव शर्मा र दाजु प्रमोद शर्माका नाममा घिमिरेले जग्गा दान गर्नुभएको […]

Continue Reading

सुशान्तसिंह थापाको कप्तानीमा प्रदेश क्रिकेट टीम घोषणा

घोराही, २४ पुस । दंगाली युवा क्रिकेटर सुशान्तसिंह थापाको कप्तानीमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट टीम घोषणा गरिएको छ । रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला, काठमाडौँस्थित कीर्तिपुर क्रिकेट रंगशालामा र मुलपानी क्रिकेट रंगशालामा पुस २८ गतेबाट हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनीबाट थापाको कप्तानीमा २२ सदस्यीय टीम घोषणा गरिएको हो । […]

Continue Reading

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीका अनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी […]

Continue Reading

सल्यानमा बँदेलको आक्रमणबाट बालक घाइते

सल्यान, २२ पुस ।सल्यानमा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । बँदेलको आक्रमणबाट सिद्धकुमाख गाउँपालिका-५ दहगाउँका १४ वर्षीय सन्दीप विक घाइते भएका हुन् । घरनजिकै जंगलमा बाख्रा चराउन गएको बेला उहाँलाई हिजो शनिबार बेलुका बँदेलले आक्रमण गरेको थियो । घाइते बालकको कामना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद […]

Continue Reading

बारा प्रहरी प्रमुख एसपी काफ्ले : कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल !

काठमाडौं । प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन सुरेश काफ्ले । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका काफ्ले जहाँ गएपनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन् । हाल प्रहरी उपरीक्षक (एसपी) काफ्ले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख छन् । छिमेकी मुलुक भारतसँग जोडिएको […]

Continue Reading

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता

दाङ, २३ पुस । आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी […]

Continue Reading