नदीजन्य पदार्थ उत्खनन: पाँच पालिकामा आइइइ स्वीकृत, चारमा अनुगमन

सन्तोष खनाल घोराही । दाङका पाँच स्थानीय तहमा नदीजन्य पदार्थको उत्खननको प्रक्रिया शुरु भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) प्रतिवेदन स्वीकृत भएका पालिकाहरुमा जिल्ला अनुगमन समितिले अनुगमन थालेको हो । नदीजन्य पदार्थ संकलन÷उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) प्रतिवेदन स्वीकृत भएका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र बबई गाउँपालिकामा विभिन्न घाटहरुको अनुगमन जिल्ला […]

Continue Reading

चेम्वरको माघ २३ गते एक्सपोको लागि स्टल बुकिङ खुला

मदन भण्डारी घोराही, माघ ९। दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ २३ गते उद्घाटन हुने भ भएपछि त्यसको तयारी गर्न सुरु गरीएको छ । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले अत्याधिक चिसो र प्राविधिक कारण कारण एक्सपो माघ २३ गते हुन लागेको बताए । केही […]

Continue Reading

गुरुकुलका शिक्षकहरुलाई रेक्टा विधिको तालिम

घोराही, ९ माघगुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहिका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थि केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहिका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका […]

Continue Reading

कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगर दाङमा प्रथम

दाङ,९ माघ ।कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालीका दाङकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को  स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यसम्पादन मूल्याङकनमा घाेराही उपमहानगरपालीका दाङमा प्रथम र लुम्बिनी प्रदेशमा पाँचौ भएको छ । १०० पुर्णाङ्कको मूल्यांकनमा घोराही उपमहानगरपालीकाले ७८ अंक पाएको छ । उपमहानगरले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९।५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा […]

Continue Reading

दाङमा सर्वाधिक पुरस्कार राशिको दोश्रो दाङ क्रिकेट लिग हुने

घोराही, ८ माघ ।दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोश्रो संस्करण फागुनमा गर्न थालिएको छ ।दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला क्रिकेट संघका […]

Continue Reading

सतर्कता केन्द्रले भन्यो- ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न दिनू

८ माघ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिंदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ ।सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो ।यसअघि परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग […]

Continue Reading

सेनाबाट उपदान, सेक्युरिटी गार्ड हुँदै अहिले माध्यमिक शिक्षक ।

उहाँ पहल बहादुर खड्का । घर घोराही १८, दाङ । २०६५ सालमा नेपाली सेना सिपाही पदबाट नेपालको सरकारी सेवाको सुरुवात गर्नुभयो । २०७१ सालमा उपदान लिएर छोड्नुभयो । २०७१ देखि २०७४ सम्म कतारमा सिनियर सेक्युरीटी अपरेटर भएर काम गर्नुभयो । २०७५ मा नेपाल फर्केर पुनः अंग्रेजी विषयमा एमएडको पढाई सुरु गर्नुभयो । २०७६ मा माध्यमिक, […]

Continue Reading

मेयरकप फुटबल लिग समीकरण पूरा, क्वाटर फाईनल सोमबारबाट हुने

घोराही, ७ माघ । घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको लिग समीकरण पूरा भएको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा शनिबार सम्पन्न लिग चरणका दुई खेल सकिएसँगै लिग समीकरण पूरा भएको हो । घोराहीका १९ वटै वडा सहभागी मेयर कपमा ३६ खेल सकिएसँगै लिग समीकरणबाट अन्तिम आठ टोलीको टुंगो लागेको छ । […]

Continue Reading

दाङमा रड प्रहारबाट श्रीमतिको हत्या

दाङ। दाङमा रड प्रहार गरि एक ब्यक्तीले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका वडा नं.४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिराले मातेका चौधरीले श्रीमतिलाई रडले हान्दा घटना स्थलमै मृत्यु […]

Continue Reading

व्यवसाय चलायमान बनाउन टोल विकास संस्था द्धारा कार्यक्रम

सिद्धार्थ गौतम नगर टोल विकास संस्था हस्पिटल रोड घोराहीले आफ्नो २६ औँ स्थापना दिवसका अबसरमा व्यापार व्यवसाय प्रबद्र्धनका लागि तीन दिने साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ट्राफिक चोकबाट मुख्य बजार प्रबेश गर्ने द्धारमा रहेको उक्त टोलले स्थापना दिवसका अबसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता एंव घोराही उपमहानगरपालिकाका प्रमुख […]

Continue Reading