लुम्बिनी प्रदेशसभाका एक सदस्य निलम्बित, अर्का फरार

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १८ गतेका लागि आह्वान गरिएको छ । झन्डै ६ महिनापछि बस्न थालेको प्रदेशसभा बैठक सुरु हुनुभन्दा एक हप्ता अघि दुई सांसदका मुद्दा मामिला बाहिर आएका छन् । यस क्रममा एक प्रदेशसभा सदस्य निलम्बनमा परेका छन् भने अर्का एक जना अदालतको नजरमा फरार छन् ।अख्तियार दुरुपयोग अनुसन्धान भ्रष्टाचार […]

Continue Reading

दाङमा दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड

दाङ —घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ । घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ […]

Continue Reading

सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका धर्मेन्द्र बास्तोला दोषी ठहर

दाङ । सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् । […]

Continue Reading

दाङ क्रिकेट लिग–२ को ट्रफी सार्वजनिक, सबै तयारी पूरा

घोराही, १३ फागुन । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को ट्रफी सार्वजनिक भएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भोलि सोमबारबाट घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा हुन लागेको डिसिएल २ को ट्रफी सार्वजनिक गरिएको हो । आयोजकले प्रतियोगिताको पूर्व सन्ध्यामा आईतबार रंगशालामा पत्रकार सम्मेलन गरी लिग खेल्ने पाँच वटै टीमका कप्तानहरुको साथमा डिसिएल–२ को […]

Continue Reading

फरार’ लुम्बिनी प्रदेश सांसद रुकुमका धनबहादुर केसी(डिबी) लाई खोज्दै प्रहरी

दाङ, फागुन ११ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) लाई पक्राउ गर्नका लागि प्रहरीले खोजी गरिरहेको छ। ३२ वर्ष पहिले उनलाई रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको […]

Continue Reading

नगर विकास समितिले हटायो अतिक्रमित अस्थायी टहरा

दाङ – लमही नगर विकास समितिले बसपार्कमा रहेका टहरा हटाएको छ । दुर्घटनाको उच्च जोखिम रहेको, बजार कुरुप बनाएको, र अव्यवस्थित रुपमा रहेको भन्दै ति टहरा हटाइएको लमही नगर विकस समितिका अध्यक्ष जोगराज चौधरीले जानकारी दिनु भयो । नगर विकास समितिले ती टहरा हटाएर सहयोग गरि दिन पटकपटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि आज […]

Continue Reading

प्रतिष्ठानमा ३० वेडको अत्याधुनिक सर्जरी वार्ड सञ्चालनमा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले ३० वेडको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिवन काटेर सर्जरी वार्डको उद्घाटन गर्नु भएको हो । उहाँले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाँउदा खुसि लागेको बताउनु भयो […]

Continue Reading

हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा काग्रेसका दाङकै केन्द्रिय र प्रदेश नेताहरुले गरेनन् हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई धर्मनिरपेक्षताको सट्टा हिन्दू राष्ट्र पक्षमा उभिएका अभियन्ताहरूलाई प्रस्ताव फिर्ता लिन र पार्टीको जारी महासमिति बैठकमा छलफलका लागि दवाव नदिन गरेको आग्रहलाई उनीहरूले अस्वीकार गरेका छन्। देउवाको बुढानीलकण्ठस्थित निवासमा पार्टी सांसद् शंकर भण्डारी तथा हिन्दू राष्ट्र अभियानका सहसंयोक लोकेश ढकाललगायत आधा दर्जनभन्दा बढी अभियन्ताहरूले भेटी सो प्रस्तावलाई बहसका […]

Continue Reading

दाङ क्रिकेट लिग–२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम, खेल तालिका पनि सार्वजनिक

छबि पुरीघोराही, ९ फागुन ।दाङमा फागुन १४ गतेदेखि हुन थालेको लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ को मुख्य प्रायोजक नेपाल टेलिकम भएको छ । दाङ क्रिकेट संघको आयोजनामा हुन थालेको फ्रेन्चाईज लिगको मुख्य प्रायोजक नेपाल टेलिकम भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो । आयोजक र मुख्य प्रायोजक नेपाल टेलिकम बीच […]

Continue Reading

तुलसीपुरबाट घोराही पुग्न बसलाई ७० मिनेटको टाइम कार्ड

तुलसीपुर, ७ फागुन । दाङको तुलसीपुरबाट घोराहीसम्म पुग्नका लागि यात्रु बाहक बसलाई ७० मिनेटको टाइम कार्ड लागु गरिने भएको छ । तुलसीपुरबाट नारायणपुरसम्म ४० मिनेट र नारायणपुरबाट घोराहीसम्म ३० मिनेटको समय तोकेर ७० मिनेटको टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।दाङको भालुबाङसम्म टाइम कार्ड लागु गरिने […]

Continue Reading