माबी सौडियारको निमित्त प्रधानाध्यापकको जिम्मेवारी वलिलाई

दाङ । घोराही ७ सौडियारको जेठाे बिद्यालय माबी सौडियार बिद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मेवारी सोही बिद्यालयमा कार्यरत शिक्षक नन्दबहादुर वलिलाई प्रदान गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिको बिद्यालयमा बसेको बैठकले माबी तहमा कार्यरत शिक्षक वलिलाई सो जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले अर्को ब्यबस्था नभए सम्मका […]

Continue Reading

स्वास्थ्य बीमाले १० करोड ५० लाख भन्दा बढि रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा

दाङ- स्वास्थ्य बीमा बोर्डले लामो समयसम्म रकम भुक्तानी नगर्दा दाङको घराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल बन्द हुने अवस्थामा पुगेको छ।अस्पताल प्रशासनका अनुसार बीमा बोर्डले भदौ महिनादेखि १० करोड ५० लाखभन्दा बढी रकम भुक्तानी नगर्दा समस्या आएको हो। ‘बोर्डलाई समस्याका बिषयमा पटक पटक जानकारी गराइएको छ। तर पनि बोर्डले रकम भुक्तानी गरेको छैन,’ अस्पतालका […]

Continue Reading

गुरुकुलको प्रि स्कुल दिक्षान्त समारोह

घोराही १७ चैत्र घोराही उपमहानगरपालीका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नं. १५ मा रहेको गुरुकुल ऐकेडेमिको प्रि विद्यालयका बिद्यार्थिहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उँहाले यस्तो बताउनुभएको हो । बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा […]

Continue Reading

छनौट प्रतियोगितामा चार सय बढी खेलाडी सहभागी

जीतसागर जी.एम. | दाङ, १७ चैत ।दाङमा १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् । एन्फा एकेडेमीका लागि छात्र/छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो ।  यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी […]

Continue Reading

दाङमा क्रशर उद्योग : विगतमा वन्द हुँदै खुल्दै, अहिले फेरी ४ वटा अवैध क्रशर वन्द

दाङ । जिल्ला अनुगमन समितिले दाङका चारवटा नदीजन्य उद्योगलाई मापदण्डविपरीत सञ्चालन गरिएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । दाङमा सञ्चालित दशवटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरी चारवटा उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने र छवटा उद्योगहरुलाई मापदण्ड अनुरुप व्यवस्थित गर्न निर्देशन दिने निर्णय गरेको हो । स्थलगत अनुगमनपछि बुधबार तुलसीपुरमा […]

Continue Reading

आईजीपीको स्पष्टीकरण : अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गर्‍यौं

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए । महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उनले […]

Continue Reading

स्व.खुमबहादुरको शालिक अनावरण गर्न देउवा दाङ आउने

दाङ । नेपाली काग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा यहि चैत्र १६ गते दाङ आउन लाग्नु भएको छ । लमही नगरपालिका –९ अमिलियामा रहेको काङ्ग्रेस नेता स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्न दाङ आउन लागेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र –१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । ‘१६ गते बिहान […]

Continue Reading

४ सय रुपैयाँको झगडाले श्रीमतीको हत्या

दाङ, चैत १३ । बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मा २१ वर्षीया श्रीमती सुशीला सुनारको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार […]

Continue Reading

पीडित परिवारलाई जनही आठ लाख दिने सहमती

दाङ । दाङको देउखुरीमा शनिबार सडकमा छाडेको तारबाट करेन्ट लागेर मृत्यु भएका पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ दिने सहमतिपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारू भएको छ । शुक्रवार दिउँसों राप्ती गाउँपालिका वडा नं ३ मा बिद्युतको ११ केभीको हाइटेन्सन लाइन चुँडिएर खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । तार एकाएक चुडिएर शरिरमाथि खस्दा […]

Continue Reading

राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक तर थपिँदैन दरबन्दी

नारायण खड्कादाङ, चैत १३ ।दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ। ५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्। तर त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्नु र दरबन्दी अनुसारका चिकित्सक […]

Continue Reading