कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला दाङ आउने

दाङ,२७ चैत। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला दाङ आउनु हुने भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको दोस्रो सम्मेलनमा सहभागी हुनका लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कोइराला दाङ आउन लाग्नुभएको जिल्ला कोषाध्यक्ष प्रकाश सुबेदिले बताउनु भयो । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलन यही चैत २९ गते घोराहीमा हुन थालेको […]

Continue Reading

गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले ल्यायो बिशेष छात्रबृति योजना

 घोराही २७ चैत्र गुरुकुल एकेडमी लमहि र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने  विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिनुभयो । प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको […]

Continue Reading

राप्ती प्रतिष्ठानमा देशकै उत्कृष्ठ जेष्ठ नागरीक सेवा

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ठ रहेको जेष्ठ नागरीक सेवा थप प्रभावकारी वन्दै गएको छ । जेष्ठ नागरीकहरुलाई लक्ष्ति गर्दै प्रतिष्ठानले नेपालकै पहिलो जेष्ठ नागरीक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडि सेवा पनि सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरीक रोग विशेषज्ञ डा।रमेश कडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मि र नर्शको ब्यवस्था गरेर […]

Continue Reading

घोराहीले सडक बत्तीको साढे तीन लाख विद्युत बक्यौता बुझाएन

अमरराज आचार्यदाङ, २७ चैत । घोराही उपमहानगरपालिकाले सडक बत्ती बालेवापत तिर्नु पर्ने साढेतीन लाख रुपैयाँ विद्युत महसुल तिरेको छैन । उपमहानगरले विद्युतलाई तिर्नु पर्ने रकम तीन लाख ३७ हजार रुपैयाँ नतिरेको विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । उपमहानगरले सडक बत्तीवापतको महसुल साढे ५ वर्षदेखि तिरेको छैन । घोराही उपमहानगरबाट सडक बत्तीको महसुल तीन […]

Continue Reading

सवारी दुर्घटनामा आठ जनाको ज्यान गयो

भारत, २७ चैत । भारतको उत्तराखण्डको राज्यको नैनीतालको बेतालघाटमा गाडी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको ज्यान गएको छ । सोमवार राति नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा जीप खस्दा सात नेपालीसहित आठ जनाको ज्यान गएको र अन्य तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा नेपाली नागरिक ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय […]

Continue Reading

भालुवाङमा प्रस्तावित अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने लुम्बिनी सरकारको निर्णय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका—१, भालुवाङमा प्रस्तावित अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने भएको छ । नवगठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले राप्ती गाउँपालिकाभित्र सञ्चालन भएको अस्पताललाई प्रदेशको विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न अर्थमन्त्रालयले पूर्व सहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृति दिने निर्णय गरेको हो ।यस्तै बैठकले […]

Continue Reading

सरकारी वकिल र प्रहरीमा पुग्यो महेश बस्नेतविरुद्धको बलात्कार उजुरी

काठमाडौं । प्रहरीले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथिको जाहेरी दर्ता गरेको छ । एक महिलाले आफूमाथि बलात्कार भएको दाबीसहित बस्नेतविरुद्ध हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । सोही जाहेरीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । “प्रहरी र सरकारी वकिल कार्यालय र हामीलाई हुलाकमार्फत एउटै प्रकृतिको उजुरी आएको छ । हामी […]

Continue Reading

नवनियुक्त मुख्यमन्त्री महरा भन्छन्- धैरै दल भएकाले मन्त्रिमण्डल ठूलो हुने भयो

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सबैले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बन्न नसक्ने बताएका छन् । शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले धेरै दल मिलेर सरकार बनेकाले सबैले खोजेजस्तो सानो मन्त्रिमण्डल बन्न नसक्ने प्रष्टीकरण दिए । बाहिर हल्ला भएजस्तो जम्बो मन्त्रीमण्डल भने नबनाइने उनको दाबी छ । मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम […]

Continue Reading

लुम्बिनीमा भागबन्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाउने तयारी, मुख्यमन्त्री महराले आज शपथ लिँदै

दाङ, चैत २५ । लुम्बिनी प्रदेशमा दलहरूलाई भागबन्डा पुर्‍याउनका लागि मन्त्रालयको संख्या बढाउने तयारी भएको छ। संघमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन्। आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरूलाई मन्त्रालय भागबन्डा पुर्‍याउन मुख्यमन्त्री महराले मन्त्रालय बढाउन लागेका हुन्। माओवादी केन्द्रका एक नेताका अनुसार त्यसबारेमा छलफल भइरहेको छ। महरालाई मुख्यमन्त्री बनाउन एमालेका […]

Continue Reading

वैवाहिक बलात्कारको `पासो’ मा पति

काठमाडौं । श्रीमान-श्रीमतीबीच शारीरिक सम्बन्ध हुनु स्वाभाविकमात्र नभएर सृष्टिको निरन्तरताका लागि अत्यावश्यक पनि हो । तर, यसो भनेर श्रीमतीको इच्छा वा सहमतिविना शारीरिक सम्बन्ध राख्ने छुट श्रीमानलाई कानूनले दिएको छैन । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा तत्कालीन न्यायाधीश भुवन गिरी यतिबेला मुद्दा पुर्पक्षका लागि थुनामा छन् । उच्च अदालतले छाड्ने आदेश गरेपछि त्यसविरुद्ध जाहेरवाला आरती […]

Continue Reading