किर्ते काण्ड जिल्ला प्रशासनदेखि अदालतसम्म : दाङ उद्योग वाणिज्य संघको निर्वाचनमा किचलो

दाङ, ४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न परेको उम्मेदवारीको विषयलाई लिएर किचलो देखिएको छ । समस्या समाधान गर्न पूर्व अध्यक्षहरुले आन्तरिक छलफल सुरु गरेका छन् । निर्वाचन समितिले गरेको पछिल्लो निर्णयको स्वागत गर्दै वसन्त जोशीको संयुक्त गठबन्धन प्यानल प्रचार प्रसारमा जुटेका बेला रामप्रसाद पोख्रेल नेतृत्वको […]

Continue Reading

एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

दाङ — बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि बिहीबार खुलेको छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला पाँच बुँदे सहमतिपछि खुलेको हो । यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्ध गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । […]

Continue Reading

दाङ उबासंघमा चुनाबको बाटाे खुल्यो, उच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार

दाङ, असोज ५ । नेकपा एमाले, राप्रपा, बिप्लब नेतृत्वको नेकपा र मोटाे मसाल समर्थित संयुक्त ब्याबसायिक प्यानलले यहि असोज १३ गते हुन गइरहेको चुनाबमा किर्ते गरि रसिद काटेर उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारहरुको उम्मेद्वारी खारेजको माग दाबीसहित उच्च अदालत तुलसीपुरमा दायर रिटमा अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । चुनाबी प्रकृया सबै रोक्न माग गर्दै […]

Continue Reading

किर्ते रसिद प्रयोग गरि उम्मेद्बारी दिएको विषयमा साझा,समाबेसी सम्युक्त प्यानलद्वारा घोराहिमा पत्रकार सम्मेलन

दाङ असोज ०२ / २०८० असोज १३ गते हुने उबा संघ नया कार्यसमितिको निर्बाचनमा बिधान बिपरित किर्ते रसिद प्रयोग गरि उम्मेद्बारी दिएका केहि उमेदवारहरुको उमेदवार समेत कायम गरेएको भन्दै यस प्रकारको गलत कार्यको बिरोध स्वरुप आज दाङमा साझा, समाबेसी सम्युक्त प्यानलले पत्रकार सम्मेलन गरि बिज्ञपति समेत निकालेको छ । किर्ते रसिद प्रयोग गरि उमेदवारि दिएकाहरुको […]

Continue Reading

घोराहीका मेयर नरुलाल चौधरी अमेरीका जाने

घोराही, असोज ३ । घोराही उपमहानगरका मेयर नरुलाल चौधरी अमेरीका जाने भएका छन् । मेयर चौधरी अमेरीकामा आयोजना हुन लागीरहेको ४ दिने वर्कसपमा जान लागेका हुन् । मेयर चौधरीको केही दिन पछि हुने अमेरीका भ्रमण कार्यक्रम उपमहानगरको कार्यपालिका बैठकले स्विकृत गरेको घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले बताए ।

Continue Reading

प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले गरे प्रतिष्ठानको निरीक्षण

दाङ, भदौ ३१ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आज निरीक्षण गरेका छन । प्रतिष्ठानका विभिन्न बिभागको निरीक्षण गर्दै सेवा बिस्तार भएकोमा खुसी ब्यक्त गरेका थिए । प्रतिष्ठानका बर्तमान पदाधिकारीको पहलमा भईरहेको अस्पतालको सेवा सुधार सकारात्मक रहेको मन्त्री खनालले चर्चा गरे । उनले प्रदेशबाट […]

Continue Reading

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्। गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं,’ उनले भने। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनको […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्।  साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए।  असोज १ गतेदेखि ९ गतेसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ […]

Continue Reading

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक आन्दोलित

काठमाडौँ — विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिने संविधानको व्यवस्थाअनुसार शिक्षकलाई स्थानीय तह अन्तर्गत राख्ने व्यवस्थाको विरोधमा विद्यालय बन्दसम्मको आन्दोलनको घोषणा गरिएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मलेलन गरेर विधेयक संशोधन गर्न […]

Continue Reading

केन्द्र सरकारले अधिकार नदिदा बिकास निर्माणका कामहरु प्रभाबित भए : मुख्यमन्त्री चौधरी

घोराही, भदौ २९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बलियो संघिय प्रणालि खोजेको भन्दै केन्द्र सरकारलाई अधिकार हस्तान्तरण गर्ने कुरामा कन्जुस्याई नगर्न आग्रह गरेका छन । जिल्ला समन्वय समिती दाङको सातौँ जिल्ला सभामा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार स्थानियतहसंग मिलेर काम गर्न तयार रहेको भन्दै नागरिकको जिवन स्तरमा परिवर्तन देखिने गरी काम गर्नुपर्ने अहिलेको आवस्यकता […]

Continue Reading