इन्टर स्कुलको फाइनलमा पुलिस बोर्डिङ स्कुल र जनज्योती भिड्दै

दाङ, १९ पुस । दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता २०८० को फाइनलमा घोराहीको नेपाल पुलिस बोर्डिङ स्कुल र जनज्योती विद्यामन्दिर भिड्ने भएका छन् । बुधवार भएका सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल घोराहीले शान्तिदीप स्कुल तुलसीपुरलाई र जनज्योती विद्यामिन्दरले आइडल बोर्डिङ स्कुललाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन ।तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थीत रंगशालामा बुधवार भएको पहिलो […]

Continue Reading

विद्यालयस्तरीय फुटवलमा जनज्योति र प्रहरी बोर्डिङ फाइनलमा भिड्दै

घोराही, पुस १८ । लुम्बिनी फुटवल एकेडेमी घोराहीले आयोजना गरेको अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा बिहीबारघोराहीको जनज्योति विद्यामन्दिर र प्रहरी बोर्डिङबीच प्रतिष्पर्धा हुने भएको छ ।तुलसीपुरस्थित दुधराशको रंगशालामा आयोजित प्रतियोगिताको फाइलनमा बिहीबार दिउँसो १ बजे जनज्योति र प्रहरी बोर्डिङ भिड्न लागेको लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समिर वलीले जानकारी दिनुभयो । फाइनल यात्रा तय गर्नका लागि […]

Continue Reading

गायक सरगम राई ‘चाहना बढ्दै गयो’ सार्वजनिक

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गयो’ सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको […]

Continue Reading

सन्दीप लामिछानेविरुद्धको बलात्कार प्रकरण : स्थानीय तहले भन्यो ‘पीडितको जन्ममिति २०६१ असार १८ नै हो’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइको तयारी भएको छ । २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब १४ महिनापछि फैसलाको तयारीमा पुगेको छ । ३३ पटक पेशी तारेख र २८ पटक इजलासमा पेश भएको उक्त मुद्दामा आइतबार फैसलाको तयारी गरिएको छ । […]

Continue Reading

घोराही १० वडा कपको उपाधी लालिगुँरास टोललाई

राजन राज न्यौपानेदाङपुस १ घोराही उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा सञ्चालित वडा कप–२०८० को उपाधी घोराही १० नारायणपुर कै लालिगुँरास टोलले जितेको छ । वडा कार्यालयको आयोजनामा सञ्चालन भएको वडा कपको फाईनल खेलमा ठाँटीगाउँ टोल विकास संस्थालाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै लालिगुँरास टोल विकास संस्थाले उपाधी जितेको हो । जन जागृति […]

Continue Reading

भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद सहित सम्मान

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ रुकुम पश्विमको आठविसकोट नगरपालिका वडा नं. ०९ राडीमा मिति २०८०/०८/०५ देखि २०८०/०८/१३ सम्म आयोजित २९ औ चौतारा मेलामामा आयोजित खुल्ला पालिका स्तरिय पुरुष भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद १०००० सहित पालिकाले सम्मान गरिएको पालिका अध्यक्षको सचिवालय प्रमुख श्री राम बहादुर बिष्टले जानकारी […]

Continue Reading

सरस्वती जी.एम.को कप्तानीमा प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट प्रतियोगिताको लागि दाङ जिल्लाको १४ सदस्यीय महिला क्रीकेट टोलि घोषणा

प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट प्रतियोगिताको लागि दाङ जिल्लाले १४ सदस्यीय महिला क्रीकेट टोलि घोषणा गरेको छ । टोलीको कप्तानी सरस्वती जी एम ले गर्ने छिन । टोलीमा पर्न सफल खेलाडीहरूको नाम यस प्रकार रहेको छ । १)सरस्वती जी एम (कप्तान्)२)लक्ष्मी चौधरी (उप कप्तान्)३)कमला जी एम४)मधु ड़ी सि५)अनिता चौधरी६)प्रभा चौधरी७)आस्ना चौधरी८)सिरिशा चौधरी९)एलिशा घर्ती मगर१०)युनिशा सारु११)शर्मिला रोका […]

Continue Reading

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

५ मंसिर, काठमाडौं । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि […]

Continue Reading

माबी सौडियारको बृहत्तर बिकासका लागि महायज्ञ गर्ने तयारी

दाङ, कार्तिक १७ । तत्कालिन सौडियार गाबीस, हाल घोराही ७ सौडियारकै पुरानो सामुदायिक बिद्यालय माबी सौडियारको बृहत्तर बिकासका लागि महायज्ञ आयोजना गर्ने तयारी गरेको छ । आज बिद्यालयमा बसेको बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभाबक संघ र बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको संयुक्त बैठकले महायज्ञका लागि समुदायका अगुवा, टाेलबासीसंग समन्वय तथा छलफल गरेर उपयुक्त समयमा मिति […]

Continue Reading

अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

१४ असोज, हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेशगरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदैनेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधैक्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुलघानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए। टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछानेर करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए । माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमानटआउट ४७ रनको योगदान गरे । यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए । अरु ब्याटरले दोहोरो रन बनाउनसकेनन् । बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एक/एक विकेट लिए ।

Continue Reading