दाङमा चौध सय घरेलु तथा साना उद्योग बन्द

लीलाधर वली घोराही, फागुन २८ गते । दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ […]

Continue Reading

सूचीकृत बेरोजगार साढे २८ हजार, साढे छ हजारलाई मात्रै रोजगारी

सन्तोष खनालघोराही । विगत चार वर्षमा दाङमा बेरोजगारको सूचीमा सूचीकृत साढे २८ हजारमध्ये साढे छ हजारले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्राप्त गरेका छन् । सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५÷०७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत चार वर्षमा २८ हजार चार सय २४ बेरोजगार सूचीकृत भएका […]

Continue Reading

घोराहीमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु

घोराही, १८ फागुन । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशिय सम्वन्ध विस्तारमा सहयोग पुग्ने बताएका छन् ।दाङको घोराहीमा सुरुभएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री थापाले कला, संस्कृति देश चिनाउने गहना भएको र एकै थलोमा धेरै देशका कलाकर्मीहरु सहभागी […]

Continue Reading

राप्ती प्रतिष्ठानमा सेवालाई छिटोछरीतोसहीत ब्यवस्थित बनाउन आजदेखी टोकन प्रणालि सुरु

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरीतोसहीत भरपर्दो र ब्यवस्थित बनाउने उदेश्यले आजदेखी टोकन प्रणालि सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले रिवन काटेर टोकन प्रणालिको सुरुवात गर्नु भएको हो । उपकुलपति डा. लामीछानेले सेवालाई ब्यवस्थित र छिटो छरीतो बनाउन टोकन प्रणालिले सहयोग पुर्याउने बताउनु भयो । उहाँले अवदेखी विरामिको पालो मिचिने […]

Continue Reading

प्रतिष्ठानमा ३० वेडको अत्याधुनिक सर्जरी वार्ड सञ्चालनमा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले ३० वेडको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिवन काटेर सर्जरी वार्डको उद्घाटन गर्नु भएको हो । उहाँले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाँउदा खुसि लागेको बताउनु भयो […]

Continue Reading

दाङ क्रिकेट लिग–२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम, खेल तालिका पनि सार्वजनिक

छबि पुरीघोराही, ९ फागुन ।दाङमा फागुन १४ गतेदेखि हुन थालेको लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ को मुख्य प्रायोजक नेपाल टेलिकम भएको छ । दाङ क्रिकेट संघको आयोजनामा हुन थालेको फ्रेन्चाईज लिगको मुख्य प्रायोजक नेपाल टेलिकम भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो । आयोजक र मुख्य प्रायोजक नेपाल टेलिकम बीच […]

Continue Reading

दाङमा हुने क्रिकेट लिग सिजन २ का लागि अक्सनमार्फत खेलाडी छनौट

दाङ, ५ फागुन । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन २ प्रतियोगिताको खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ । दाङका ५ वटा टिमहरूले खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित अनुहारसँगै जिल्ला, प्रदेश तहमा तथा उमेर समुहबाट प्रतियोगिता खेलेका खेलाडी शनिबार घोराहीमा भएको अक्सनमार्फत क्बलमा आवद्ध भएका छन् । […]

Continue Reading

फागुन १ गते ‘धोकेबाज’ गायीका एलिना चौहान घोराही आउँदै

घोराही माघ २९ । घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा फागुन १ गते मंगलबार ‘ धोकेबाज हौ तिमी’ की चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ । दाङ चेम्बर अफ कमर्सले आयोजना माघ २३ गतेदेखी सुरु भएको एक्सपोमा अहिलेकी चर्चित गायीका चौहानले प्रस्तुति राख्नेछिन् । उनका ‘ धोकेबाज हौ तिमी’, ‘कट्टा हान्दिन्छु’, ‘यो […]

Continue Reading

ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा नारायणपुरमा मौसमी तथा बेमौसमी तरकारी खेति तालिम सम्पन्न

ग्रामीण महिला उत्थान केन्द्र दाङंको आयोजनामा घोराही १० नारायणपुरमा मौसमी तथा बेमौसमी तरकारी खेति तालिम सम्पन्न भएको छ ।संस्थाले त्यस क्षेत्रमा रहेका १५जना किसानहरुलाई ब्यवसायिक रुपमा तरकारी उत्पादन गर्न सिकाउने उद्देष्यले आधुनिक तथा प्रबिधिमैत्री बिधिको प्रयोग गरी तरकारी खेति तालिम गर्न सिकाईएको हो । केहि समय अघि संस्थाले आयोजना गरेको सिकलसेल शिबिर बाट सिकलसेल प्रभाबित […]

Continue Reading

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन्। रावतले राजीव बस्नेतसहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै रु १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनले बस्नेतसहित ३ जनालाई पोर्चुगल पुगेपछि […]

Continue Reading