समीक्षा अधिकारी दाङ आउँदा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन

दाङ, ११ चैत्र । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदान सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए […]

Continue Reading

नेपाल–भारत धार्मिक सिद्वरत्ननाथ–देवीपाटन महायात्राको तयारी तीव्र, चार सय सहभागी हुने

घोराही, ८ चैत । धार्मिक एवं ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक बर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने गरि महायात्राको तयारी थालिएको हो । लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक एवं […]

Continue Reading

दशरथ रंगशालाको जिम्मेवारी एन्फाबाट खोसियो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित नेपालको एक मात्र राष्ट्रिय रंगशालाका रुपमा रहेको दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ । राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप […]

Continue Reading

घोराही उपमहानगरपालिका भ्रमण खर्च ७० लाख रुपैयाँ

दाङ, ६ चैत्र । घोराही उपमहानगरले चालु आर्थिक वर्षको बजेटको एउटा बुँदामा भ्रमण खर्चवापत ७० लाख रुपैयाँ विनियोजन गरेको छ । भ्रमण बजेट यत्तिमै सीमित राखिएको छैन । विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च उल्लेख भएको अर्को बुँदामा थप १५ लाख रुपैयाँ छुट्याइएको छ । भ्रमण खर्चका यी दुई फरक शीर्षक मात्र होइनन्, अन्य भ्रमण […]

Continue Reading

महराको राजीनामा कि निलम्बन ? ‘अस्पताल हिरासतमा’ आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी […]

Continue Reading

घोराहिमा एक लाख पाच हजार धनराशिको फुटसल प्रतियोगिता हुँदै

दाङ,०६ | दाङको घोराहीमा म्यारिड टिमको आयोजनामा म्यारिडकप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । पाचौ म्यारिडकप सम्म आइपुग्दा यो अहिले सम्मकै ठूलो धनराशिको खेल हो । प्रतियोगितामा सहभागी जनाउनका निमित्त दर्ता सुल्क ५ हजार ५ सय लाग्ने छ भने प्रथम हुने टिमले १ लाख ५ हजार प्राप्त गर्ने छ । त्यसै गरि दोस्रो हुने […]

Continue Reading

कपिलवस्तुको अमरगढवा हुँदै भारत भाग्ने महराको योजना असफल

दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए । स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात […]

Continue Reading

कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन […]

Continue Reading

घोराहीमा महावीर, एकैदिन बेचे साढे ६ लाखको पुस्तक

सन्तोष दहितदाङ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङको घोराहीमा छन्। कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन आइतबार साँझै घोराही आइपुगेका थिए। सोमबार उनले घोराही बजारका विभिन्न चोक पुगेर किताब बेचेका थिए। मंगलबार पनि घोराहीको […]

Continue Reading

बाँके प्रहरीले समात्यो डेढ करोड रुपैयाँ, ८ जना पक्राउ

काठमाडौ । बाँके प्रहरीले स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्जबाट दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले जानकारी दिए । ‘रकमसँगै […]

Continue Reading