मुख्यमन्त्रि चौधरीको सत्ता जोगाउन राजनितिक दौडधुप तिव्र, राप्रपालाई ल्याएर सत्ता जोगाउने तयारीमा काग्रेस

दाङ । लुम्वीनि प्रदेशका मुख्यमन्त्रि डिल्ली चौधरीले सत्ता जोगाउन दौडधुप तिव्र पारेका छन् । मुख्यमन्त्रिका स्वकीय सचिव मुकुन्द गौतमले सत्ता सहकार्यमा राप्रपा जोडिन सक्ने संकेत गरे । माओवादिले समर्थन फीर्ता लिएपछि अत्तालिएका चौधरी नेतृत्वको गठवन्धन जोगाउन राप्रपालाई सत्तामा ल्याउन खोजिएको हो । राप्रपाका लुम्विनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले लुम्वीनि प्रदेश सरकारमा राप्रपा जाने कुरा अझै […]

Continue Reading

शान्तिनगरले जित्यो तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि

घोराही, २६ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३(१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । घोराही उपमहानगरपालिका १५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा […]

Continue Reading

भोली धारपानीमा महाशिवरात्री मेला

बिमल योगी,दाङ,२४ फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा भोली लाग्ने महाशिवरात्री मेला तथा शिवपुजनको तयारी पुरा भएको छ । मेला भोली लाग्ने भएपनि हिजैदेखी भत्तजन,साधुसन्त तथा व्यापारीहरुको चहलपहल सुरु भैसकेको छ । मेलालाई व्यवस्थित र भव्य बनाउन मन्दिर व्यवस्थापन समितिले बिभिन्न उपसमिति गठन गरेर काम गरिरहेको छ । मेलामा पुग्ने भत्तजनहरुलाई आवतजावतमा सहजता ल्याउन […]

Continue Reading

लुम्बिनीमा नयाँ सरकारको गृहकार्य- मार्ग प्रशस्त गर्न कांग्रेसलाई एमालेको आग्रह

रामप्रसाद आचार्य , रुपन्देही । केन्द्रमा नयाँ गठबन्धन बनाएका चार राजनीतिक दलले प्रदेशमा पनि नयाँ नेतृत्वका लागि तयारी थालेका छन् । समीकरण फेरिएसँगै कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेर संकटमा परेको छ । हाल लुम्बिनीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । प्रदेशसभाका १० मध्ये एमाले र राप्रपाबाहेक सबै दलले उनलाई समर्थन जनाएका छन् […]

Continue Reading

घोराहीमा १३ देशको लोक संस्कृति प्रस्तुत

दाङ — घोराहीमा सोमबार फरक-फरक भेषभुषामा सजिएका मानिसहरू सडकमा नाच्दै गाउँदै हिँडे । बजारवासी र पैदलयात्री बाटोमै रोकिएर अनौठा दृश्य हेर्न थाले । शुक्रबारदेखि घोराहीमा सुरु भएको १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवका क्रममा सोमबार नेपालसहित १३ देशका कलाकारले आ-आफ्नो लोक संस्कृति प्रदर्शन गरे । घोराहीको सभागृहबाट सुरु भएको सांस्कृतिक झाँकी र प्रस्तुतिसहितको र्‍याली बजार परिक्रमा […]

Continue Reading

प्रदेश मुख्यमन्त्रीहरू पनि नयाँ गठबन्धनबाट आलोपालोका आधारमा बनाइने

काठमाडौं, फागुन २१।नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ। सत्ताघटक नेकपा माओवादी केन्द्रको बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ गठबन्धनअनुसार संघीय सरकार र प्रदेश सरकार गठन गर्ने ब्रिफिङ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादीका सचिव देवेन्द्र पौडेलले […]

Continue Reading

तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु, बंगलाचुली र घोराहीको बिजयी सुरुवात

छवि पुरी | घोराही, २० फागुन । घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिवल टिमले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै […]

Continue Reading

राप्ती प्रतिष्ठानमा फुटेको पित्तथैलिको दुरविन विधिवाट अप्रेसन गरीयो

दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलिको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मिपुर निवासि ५१ वर्षिय महीलाको फुटेको पित्तथैलिको दुरविन विधिवाट सफल अप्रेसन भएको हो । ५ दिनदेखी पित्तथैलिमा संङक्रमण भएर अस्पतालमा उपचारारत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए […]

Continue Reading

दाङ क्रिकेट लिग–२ को उपाधि दंगाली लायन्सलाई, तुलसीपुर रोयल्स ४५ रनले पराजित

छबि पुरीघोराही, १९ फागुन ।दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाईनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि घोराही टाईगर्सले जितेको थियो ।दंगाली लायन्सले […]

Continue Reading

गुरुकुलमा जिपिएस जडान गरीएका सवारीबाट सेवा सुरु

घोराही २० फाल्गुनगुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन (भ्यान र बस)मा जिपिएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ । ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावकहरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने निगरानि […]

Continue Reading