इप्रका तलसीपुरमा डिएसपी पोखरेलको फरक शैली, नविनतम कार्यको सुरुवात

काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको प्रमुख हुन् प्रहरी नायब उपरीक्षक डिएसपी ठाकुर प्रसाद पोखरेल । संगठनमा इमान्दार प्रहरी अधिकृतको पहिचान बनाएका पोखरेलले तलुसीपुरको कमाण्ड सम्हालेको करिब ९ महिना पुग्यो । तलुसीपुरको कमाण्ड सम्हालेको दिनदेखि नै डिएसपी पोखरेलले नयाँ नयाँ काम गर्दै आइरहेका छन् । जसलाई प्रहरी संगठनले नविनतम कार्य भन्ने गरेको छ । […]

Continue Reading

दशरथ रंगशालाको जिम्मेवारी एन्फाबाट खोसियो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित नेपालको एक मात्र राष्ट्रिय रंगशालाका रुपमा रहेको दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ । राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप […]

Continue Reading

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

दाङ । सरकारले शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो। हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै […]

Continue Reading

घोराही उपमहानगरपालिका भ्रमण खर्च ७० लाख रुपैयाँ

दाङ, ६ चैत्र । घोराही उपमहानगरले चालु आर्थिक वर्षको बजेटको एउटा बुँदामा भ्रमण खर्चवापत ७० लाख रुपैयाँ विनियोजन गरेको छ । भ्रमण बजेट यत्तिमै सीमित राखिएको छैन । विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च उल्लेख भएको अर्को बुँदामा थप १५ लाख रुपैयाँ छुट्याइएको छ । भ्रमण खर्चका यी दुई फरक शीर्षक मात्र होइनन्, अन्य भ्रमण […]

Continue Reading

महराको राजीनामा कि निलम्बन ? ‘अस्पताल हिरासतमा’ आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी […]

Continue Reading

रविको बचाउ गर्दै ओलीले भने “कांग्रेसले बद्नाम गर्न खोज्यो”

६ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । तर ओलीले भने […]

Continue Reading

सहकारी प्रकरणका दीपेशलाई गिरफ्तार, लामिछानेलाई अझै ठूलो पद : कांग्रेस सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सूर्यदर्शन सहकारीको रकम हिनामिना र दुरुपयोग गरेको भन्दै राजीनामा माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै गिरीले लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको बताए । उनले लामिछाने र अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई एउटै अभियोग लागेको बताए । रास्वपाका सभापति लामिछानेलाई उपप्रधानमन्त्री र गृहमन्त्री […]

Continue Reading

घोराहिमा एक लाख पाच हजार धनराशिको फुटसल प्रतियोगिता हुँदै

दाङ,०६ | दाङको घोराहीमा म्यारिड टिमको आयोजनामा म्यारिडकप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । पाचौ म्यारिडकप सम्म आइपुग्दा यो अहिले सम्मकै ठूलो धनराशिको खेल हो । प्रतियोगितामा सहभागी जनाउनका निमित्त दर्ता सुल्क ५ हजार ५ सय लाग्ने छ भने प्रथम हुने टिमले १ लाख ५ हजार प्राप्त गर्ने छ । त्यसै गरि दोस्रो हुने […]

Continue Reading

रुकुम पश्चिम् देखि काठमान्डौका लागी छुटेको बस बागलुङमा दुर्घटना

बागलुङको निसीखोला गाउँपालिका-६ को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिका अनुसार २ जनाको मृत्यु १६ बढि घाइते भएको बताइएको छ । […]

Continue Reading

कपिलवस्तुको अमरगढवा हुँदै भारत भाग्ने महराको योजना असफल

दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए । स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात […]

Continue Reading