आईजीपीको स्पष्टीकरण : अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गर्‍यौं

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए । महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उनले […]

Continue Reading

स्व.खुमबहादुरको शालिक अनावरण गर्न देउवा दाङ आउने

दाङ । नेपाली काग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा यहि चैत्र १६ गते दाङ आउन लाग्नु भएको छ । लमही नगरपालिका –९ अमिलियामा रहेको काङ्ग्रेस नेता स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्न दाङ आउन लागेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र –१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । ‘१६ गते बिहान […]

Continue Reading

४ सय रुपैयाँको झगडाले श्रीमतीको हत्या

दाङ, चैत १३ । बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मा २१ वर्षीया श्रीमती सुशीला सुनारको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार […]

Continue Reading

पीडित परिवारलाई जनही आठ लाख दिने सहमती

दाङ । दाङको देउखुरीमा शनिबार सडकमा छाडेको तारबाट करेन्ट लागेर मृत्यु भएका पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ दिने सहमतिपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारू भएको छ । शुक्रवार दिउँसों राप्ती गाउँपालिका वडा नं ३ मा बिद्युतको ११ केभीको हाइटेन्सन लाइन चुँडिएर खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । तार एकाएक चुडिएर शरिरमाथि खस्दा […]

Continue Reading

राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक तर थपिँदैन दरबन्दी

नारायण खड्कादाङ, चैत १३ ।दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ। ५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्। तर त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्नु र दरबन्दी अनुसारका चिकित्सक […]

Continue Reading

समीक्षा अधिकारी दाङ आउँदा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन

दाङ, ११ चैत्र । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदान सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए […]

Continue Reading

अदालतका कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएकी महिला कारागार चलान

दाङ, चैत १० । दाङ जिल्ला अदालतका एक कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएकी महिला जेल चलान भएकी छन्। अदालतका ती कर्मचारीले केही समय पहिले घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया महिलाविरूद्ध आफूलाई हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए। अदालतका ती कर्मचारीले प्रहरीमा दिएको किटानी जाहेरीमा आफूसँग महिलाले अनुचित लाभ […]

Continue Reading

बयानमा भक्कानिए महरा, दिनहुँ खान्छन् ८ किसिमका औषधि

लोकेन्द्र प्रसाईंकाठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरु भएको बयान सकिएको हो । नर्भिक अस्पतालमा उपचाररत महरा पहिलो दिन बयानका क्रममा भक्कानिएका थिए । उनी बयान सकिएपछि कुराकानी गर्ने क्रममा कस्सिएर रोएको एक अधिकारीले बताए । ‘उहाँ कुरा गर्दागर्दै […]

Continue Reading

नेपाल–भारत धार्मिक सिद्वरत्ननाथ–देवीपाटन महायात्राको तयारी तीव्र, चार सय सहभागी हुने

घोराही, ८ चैत । धार्मिक एवं ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक बर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने गरि महायात्राको तयारी थालिएको हो । लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक एवं […]

Continue Reading

दाङमा १२ हजार ८ सयले एसईई परीक्षा दिने

घोराही,८ चैत । दाङ जिल्लाबाट यस बर्ष १२ हजार ८ सय ९८ जनाले परीक्षा दिने भएका छन् । साधारण तर्फ १२ हजार २ सय २८ जनाले सहभागिता जनाउदैछन् हुने भएका छन् भने प्राविधिक धार तर्फ ३२३ जनाले परीक्षा दिने भएका छन् । यस्तै ३ सय ४७ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा […]

Continue Reading