अब कांग्रेस र एमालेको संयुक्त सरकार बनाउन लाग्छौ: डा. शेखर कोइराला

राप्ती स्वास्थ्य प्रतिष्ठानको बिकासको लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिबद्धता, जेठदेखि फोरलेनले गती लिने कांग्रेस केन्द्रिय सदस्य दिपक गिरिको भनाईदाङ, २९ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर काेइरालाले देशकाे राजनीतिक स्थिरताका लागि नेपाली काङ्ग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिन जरूरी रहेकाे बताएका छन् । नेपाली काङ्ग्रेस दाङ जिल्लाकाे दाेस्राे सम्मेलनलाई […]

Continue Reading

दाङ एक्सपोको पैसाले सेवा घरलाई वासिङ मेसिन

घोराही २९ चैतदाङ चेम्बर अफ कमर्शले मानव कल्याण समाज (सेवा घर) लाई विहिवार वासिङ मेसिन दिएको छ । दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदिको प्रमुख आतिथ्यमा सेवा घरका संयोजक सुस्मीता श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।चेम्बरले माघ २३ देखि फागुन ८ गते सम्म घोराही १५ झिगौरामा लुम्बिनी प्रदेश […]

Continue Reading

मावि सौडियारमा कार्यरत शिक्षक-कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने

दाङ । दाङको घोराही ७ सौडियार स्थित मावि सौडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको आज भएको […]

Continue Reading

दोहोरी गीत प्रतिष्ठान दाङद्धारा तीन कलाकारलाई सम्मान

२८ चैत, घोराही – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठन जिल्ला कार्यसमिति दाङले तीन जना गायक तथा संगितकारलाई सम्मान गरेको छ । प्रतिष्ठानले हरेक वर्ष प्रदानगर्ने मधुबाबु थापा, मथुरा प्रसाद श्रेष्ठ, र प्रविन भारती स्मृति प्रतिभा पुरस्कारको रुपमा जिल्लामा रहेर लामोसमयदेखि लोकगीत संगितमा योगदान गर्नुभएका श्रष्ठालाई सम्मान गरिएको हो । बुधबार प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालको […]

Continue Reading

कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला दाङ आउने

दाङ,२७ चैत। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला दाङ आउनु हुने भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको दोस्रो सम्मेलनमा सहभागी हुनका लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कोइराला दाङ आउन लाग्नुभएको जिल्ला कोषाध्यक्ष प्रकाश सुबेदिले बताउनु भयो । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलन यही चैत २९ गते घोराहीमा हुन थालेको […]

Continue Reading

गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले ल्यायो बिशेष छात्रबृति योजना

 घोराही २७ चैत्र गुरुकुल एकेडमी लमहि र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने  विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिनुभयो । प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको […]

Continue Reading

राप्ती प्रतिष्ठानमा देशकै उत्कृष्ठ जेष्ठ नागरीक सेवा

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ठ रहेको जेष्ठ नागरीक सेवा थप प्रभावकारी वन्दै गएको छ । जेष्ठ नागरीकहरुलाई लक्ष्ति गर्दै प्रतिष्ठानले नेपालकै पहिलो जेष्ठ नागरीक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडि सेवा पनि सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरीक रोग विशेषज्ञ डा।रमेश कडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मि र नर्शको ब्यवस्था गरेर […]

Continue Reading

घोराहीले सडक बत्तीको साढे तीन लाख विद्युत बक्यौता बुझाएन

अमरराज आचार्यदाङ, २७ चैत । घोराही उपमहानगरपालिकाले सडक बत्ती बालेवापत तिर्नु पर्ने साढेतीन लाख रुपैयाँ विद्युत महसुल तिरेको छैन । उपमहानगरले विद्युतलाई तिर्नु पर्ने रकम तीन लाख ३७ हजार रुपैयाँ नतिरेको विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । उपमहानगरले सडक बत्तीवापतको महसुल साढे ५ वर्षदेखि तिरेको छैन । घोराही उपमहानगरबाट सडक बत्तीको महसुल तीन […]

Continue Reading

सवारी दुर्घटनामा आठ जनाको ज्यान गयो

भारत, २७ चैत । भारतको उत्तराखण्डको राज्यको नैनीतालको बेतालघाटमा गाडी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको ज्यान गएको छ । सोमवार राति नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा जीप खस्दा सात नेपालीसहित आठ जनाको ज्यान गएको र अन्य तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा नेपाली नागरिक ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय […]

Continue Reading

भालुवाङमा प्रस्तावित अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने लुम्बिनी सरकारको निर्णय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका—१, भालुवाङमा प्रस्तावित अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने भएको छ । नवगठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले राप्ती गाउँपालिकाभित्र सञ्चालन भएको अस्पताललाई प्रदेशको विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न अर्थमन्त्रालयले पूर्व सहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृति दिने निर्णय गरेको हो ।यस्तै बैठकले […]

Continue Reading