घोराही, असोज १३ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना सुरू भएको छ ।
नयाँ नेतृत्वको लागि शनिबार दाङको घोराहीमा भएको जिल्ला उद्योग बाणिज्य सघको निर्वाचनको मतगणना सुरू भएको हो ।
संघको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको बसन्त जोशीको नेतृत्वमा संयुक्त प्यानल र नेकपा एमाले, राप्रपा, विप्लव माओवादी र मशालको रामप्रसाद पोख्रेलको नेतृत्वमा अर्को प्यानल बनेको थियो ।
संघको चुनावमा कुल मतदाता संख्या ३३५८ रहेकोमा २३५७ (७०.१९%)मत खसेको थियो ।