यस्तो थियो तुलसीपुर हत्याको घटना

समाचार
Spread the love

दाङ । शनिबार करिब दिउँसो साढे २ बजेतिर दाङ तुलसीपुरको बेलटाकुरामा एक जना महिलाको विभत्स हत्या भयो । उनी घरको पेटीमा बसेर बत्ती काटेर बसीरहेकी थिइन् । गाउँ घरमा हो हल्ला सुनेपछि उनी बत्ती काट्दा काट्दै उठेर छरछिमेकतिर जानको लागि आफ्नो घर भन्दा केही पर बाटोमा आउछिन् । तर उनलाई के थाहा कि म आफ्नो कालको मुखमा जादै छु भनेर । घर आगन नजिक जुटेको आफ्नै छिमेकी भाईले आफू माथी खुकुरी हान्ला उनलाई विश्वास लागेन । तर हमालले उनको कुरा सुन्दै नसुनी घाँटी छुट्टीने गरि खुकुरी प्रहार गरे । बाटोमा के भयो भनेर हेर्न के पुगेकी रिता मृत्युको मुखमा पुगिन् । सधै हमाललाई सम्झाउने रिताले यसपटक बोल्नै पाईनन् । खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै निधन भयो । रितालाई खुकुरी प्रहार गरेर मार्ने अरु कोही नभएर उनका छिमेकी तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरा निवासी अन्दाजी ४२ वर्षीय टेकबहादुर हमाल हुन् । उनीहरु बिच कुनै पूर्वरिसीबी केही पनि नभएको उनक आफन्ती र छरछिमेकीहरुले बताउँछन् । हमालले अन्य समयमा परिवारसंग कहिलेकाही वादविवाद हुँदा अरुले भनेको नमान्ने तर रिताले भनेको मात्रै मान्ने गरेको पनि आफन्ती, छरछिमेकीहरुले बताउछन् । तर आज तीनै रिताको उनले विभत्स हत्या गरेका छन् । टेक बहादुरले बाटोमा हिड्दै गरेकालाई खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट उनका छिमेकी आमाछोरा घाइते भएका छन् । तुलसीपुर ११ बेलटाकुराकै ६६ वर्षिय कमला कुमारी हमाल र उनका ४५ वर्षिय छोरा बिर बहादुर हमाल गम्भीर घाइते भएका छन् । उनीहरुलाई टेक बहादुरले बाटोमा हिड्ने क्रममा अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

छोरा विर बहादुरलाई अलि कम चोट लागेको छ । उनी त्यहाँबाट भागेपछि चोट कम लागेको बताए । तर उनकी आमा त्यहाँबाट भाग्न नसक्दा धेरै चोट लागेको छ । यसरी खुकुरी प्रहार गर्न लागेको देखेर बाटोमा हिडीरहेका अन्य तीन जना भने भागेर ज्यान जोगाएका छन् । टेक बहादुरले यसअघि कुनै पनि त्यस्तो अपराधिक घटनामा संलग्न नभएको र त्यस्तो झैझगडा पनि नगर्ने मान्छे हुन् तर आज एकासी उनले दिनदाहदै खुकुरी प्रहार गरेर ज्यानै लिने गरी हत्या गर्ला भन्ने छिमेकीहरुले नसोचेको बताउछन् । यद्यपी उनले यसअघि केही महिना डिप्रेसनको औषधी सेवन गरेको पनि छिमेकीहरुले गाइगुई हल्ला गरिरहेका थिए । तर औषधीनै सेवन गरेका हुन वा हैनन् भन्ने कुराको अझै अनुसन्धानमै रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए । टेकबहादुरले देउता चढ्यो, देउताले काट्न भनेपछि आफूले खुकुरी समाएर काट्दै हिडेको बयान दिएको डिएसपी पोख्रेलले बताए । टेकबहादुरको अवस्था अहिले नै यस्तो भनेर बताउन सक्ने अवस्था छैन् । उसलाई हेर्दा केही डिप्रेसनको लक्षण जस्तो पनि देखिन्छ । तर डिप्रेसनको औषधी खाएको रेकर्ड भने फेला परेको छैन्, हामी घटनाको अनुसन्धानमै छौंँ,–डिएसपी पोख्रेलले भने । प्रहरीले खुकुरी प्रहार गर्ने हमाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको छ । स्थानीयका अनुसार गाउँलेमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने टेकबहादुर करिब साढे दुई महिना अगाडि मात्रै छिमेकी देश भारतबाट घर फर्किएका थिए । उनी रोजगारीको शिलशिलामा भारत गएर फर्किएका थिए । खुकुरी प्रहारबाट घाइते भएका ५६ वर्षिय कमला कुमारी हमाललाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको र उनका छोराको भने प्रादेशिक अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *