ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी प्रकाउ

समाचार
Spread the love

घोराही, ५ असोज । दाङमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालत काठमाडौबाट २०७९ माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला भई फरार रहेका गढवा गाउँपालिका–४ निवासी ३९ बर्षीय धीरेन्द्र चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

प्रहरी नायव उपरिक्षक मल्लका अनुसार खोजतलासका क्रममा गढवा गाउँपालिका–४ स्थित लुकिछिपी बसेको अवस्थामा विहीबार पक्राउ गरेको थियो । पक्राउ परेका प्रतिवादीलाई सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतलाई बुझाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *