घोराही
३१-भदौ/ दाङको घोराहीमा अम्बीकेश्वरी मन्दीर संरक्षण तथा संवद्वन समितिले बृहत भेला गरेको छ ।
शुक्रबार समितीले आयोजना गरेको स्थानिय वुद्धिजीवि, समाजसेवी तथा सदस्यहरूको बृहत भेलाले घोराही १८ को मितेरी चोक र रझेना चोकमा अम्बीकेश्वरी मन्दीरको नाममा स्वागत द्वार तथा अन्य मन्दीरको भौतिक निर्माणका लागि यही बडादशैको नवदुर्गाभित्र बृहत् वाल्मीकि रामायण प्रवचन, रामलिला प्रहसन तथा गंगा आरती समारोह गर्ने निर्णय गरेको छ ।
यसका लागि मन्दिर समिति मूल आयोजक समिति रहने र आवश्यक उपसमितिहरू आगामी असोज ६ गते शनिबार विभिन्न टोल विकास संस्थाहरू, समाजसेवीहरू र सनातन हिन्दु धर्मावलम्बीहरूको उपस्थीति तथा समन्वयमा विस्तार गरिने समितीले जनाएको छ ।