दाङ, भदौ ३१ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आज निरीक्षण गरेका छन । प्रतिष्ठानका विभिन्न बिभागको निरीक्षण गर्दै सेवा बिस्तार भएकोमा खुसी ब्यक्त गरेका थिए । प्रतिष्ठानका बर्तमान पदाधिकारीको पहलमा भईरहेको अस्पतालको सेवा सुधार सकारात्मक रहेको मन्त्री खनालले चर्चा गरे । उनले प्रदेशबाट पनि प्रतिष्ठानलाई सक्दो सहयोग हुने आश्वासन दिए । मन्त्री खनालले प्रतिष्ठानमा नर्सिङ पढाई सुरु गरेर शैक्षिक कार्यक्रम अघि बढेको भन्दै चिकित्सकको पढाई छिटाे भन्दा छिटाे सुरुवात गर्ने गरि बजेटको लागि प्रदेश र केन्द्रमा पहल गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे । त्यस क्रममा स्वास्थ्य मन्त्री खनालले अस्पतालका विभिन्न विभाग तथा वार्डहरूकाे निरीक्षण गरी अस्पतालकाे सेवाकाे बारेमा जानकारी लिएका थिए ।