जिल्ला प्रहरी कार्यालय रोल्पामा रहेको बिष्फोटक पदार्थ नष्ट गरिएको छ ।
जिल्लामा बिभिन्न समयमा बेवारिसे अवस्थामा फेला परेको र जिल्ला प्रहरी कार्यालय रोल्पामा रहेको म्याद गुर्जिएको बिष्फोटक पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
बिष्फोटक पदार्थ शनिबार दिउँसो नेपाली सेनाको फायरिङ रेन्च स्थित बटुकदल गण सुरक्षा पोष्ट खुमेल रोल्पाको क्षेत्र भित्र पर्ने रोल्पा न.पा. वडा नं. ३ खुमेल स्थित फायरिङ रेन्चमा बर्निङ्ग र डेमोलिशन विधिबाट सुरक्षित साथ निष्कृय गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।