दौडमा मुकेश र राममाया च्याम्पियन

खेलकुद/मनोरन्जन
Spread the love

काठमाडौँ — निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन् ।

संस्थाको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेश र महिलातर्फ राममायाले स्वर्ण पदक हात पारे ।

मुकेशले निर्धारित दुरी १७ मिनेट ५० सेकेन्डमा पार गरे ।सञ्जय श्रेष्ठ १८ मिनेट १३ सेकेन्डसहित दोस्रो र श्रीकास राई १८ मिनेट ३५ सेकेन्डसहित तेस्रो भए ।

महिलातर्फ राममायाले निर्धारित दुरी २१ मिनेट ५० सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी पूर्णलक्ष्मी न्यौपानेले २१ मिनेट ५७ सेकेन्ड र तेस्रो भएकी सिर्जना पाण्डेले २३ मिनेट ०७ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । दुवै स्पर्धाका स्वर्ण विजेताले समान १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलगायतले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *