केन्द्र सरकारले अधिकार नदिदा बिकास निर्माणका कामहरु प्रभाबित भए : मुख्यमन्त्री चौधरी

राजनीति विचार
Spread the love

घोराही, भदौ २९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बलियो संघिय प्रणालि खोजेको भन्दै केन्द्र सरकारलाई अधिकार हस्तान्तरण गर्ने कुरामा कन्जुस्याई नगर्न आग्रह गरेका छन ।

जिल्ला समन्वय समिती दाङको सातौँ जिल्ला सभामा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार स्थानियतहसंग मिलेर काम गर्न तयार रहेको भन्दै नागरिकको जिवन स्तरमा परिवर्तन देखिने गरी काम गर्नुपर्ने अहिलेको आवस्यकता भएको बताए ।

केन्द्र सरकारले प्रदेश तथा स्थानिय सरकारलाई अधिकार हस्तान्तरण नगरेका कारण कतिपय बिकासका कामहरु अलपत्र अवस्थामा रहेको भन्दै आफूहरुले चाहेर पनि त्यस्ता योजनाहरुमाकाम गर्न नसकेको उनले बताए ।

उत्पादन र रोजगारी सृजना गर्ने योजना ल्याएर मात्रै प्रदेश सरकार समक्ष आउन स्थानियतहहरुलाई आग्रह गरेका छन् । बिस पचास हजारका बिकासे योजनाले नागरीकलाई सुविधा भन्दा सास्ती थप्ने काम गरेको भन्दै मुख्यमन्त्री चौधरीले त्यस्ता योजनालाई निरुत्साहीत गर्ने र उत्पादन तथा रोजगारी सृजना गर्ने योजनाका साथ प्रस्तुत हुन आग्रह गरे ।

जिल्लाको समग्र बिकासकालागि १० वटै पालिकाहरुले कृषी, पर्यटन र औधोगीकरणका सवालमा साझा योजना बनाएर अगाडी बढ्न पनि मुख्यमन्त्रीले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *