७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबिबिएसको पढाई : चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा एमबिबिएस पढ्ने ३७ बिद्यार्थीलाई पठायाे

अर्थ/वाणिज्य राजनीति शिक्षा समाचार
Spread the love

दाङ, ९ कार्तिक । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो । बिद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताउनु भयो । यसबर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने बिद्यार्थीहरु आउन लागेका हुन । चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार लम्सालले बताउनु भयो । उहाँका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबिबिएसमा पढन पाउने छन । आयोगबाट आउने नामावलि अनुसार भर्ना हुनेछन ।प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उहाले भन्नुभयो, “दाङको चिकित्सा शिक्षामा यसले ठुलो र महत्वपुर्ण अर्थ राख्छ, दाङकै आर्थिक, सामाजिक बिकासमा शैक्षिक कार्यक्रम सुरुवातले कोसेढुङ्गा सावित हुनेछ ।”यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो । तर, अब वर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *