कांग्रेस बैठकमा केन्द्रिय सदस्य गेहेन्द्र गिरिले गरे सनातन हिन्दु राष्ट्रको माग

राजनीति समाचार
Spread the love

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा कांग्रेसका प्रभाबशाली केन्द्रिय सदस्य गेहेन्द्र गिरिले मुलुकलाई हिन्दु रास्ट्र बनाउनु पर्ने धारणा राखेका छन । जनताले हिन्दु रास्ट्र चाहेको भन्दै जन चाहना अनुसार कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । कांग्रेसको गएको महासमिती बैठकमा पनि हिन्दु रास्ट्रको पक्षमा धेरैजसो केन्द्रिय सदस्य, महासमिती सदस्यहरुले हस्ताक्षर अभियान चलाएको भन्दै यसलाई कांग्रेस केन्द्रिय समितिले नितिगतरुपमा पास गरेर जानुपर्ने धारणा राखे ।

केन्द्रिय सदस्य गिरिले वैदिक सनातन धर्मसापेक्ष देश बनाउन संविधान संशोधनको नेतृत्व पार्टीले लिनुपर्ने धारणा राखे । उनले अबको संविधान संशोधनबाट मुलुकलाई वैदिक सनातन धर्मसापेक्ष देश बनाउनुपर्ने बताए ।
उनले २०७४ सालको चुनाबमा बागी उम्मेद्वार उठेर कारबाहिमा परेकालाई कांग्रेसले कारबाही फुकुवा गरेर जानुपर्ने बताए । पार्टीले अन्य दलहरुसंग गठबन्धन गरेर चुनाब लडिसकेकाले अब पनि कारबाही गरिराख्नुको औचित्य नरहेको भन्दै पार्टी सभापती शेरबहादुर देउबा निकट रहेका गिरिले पार्टीलाई बलियो बनाउन कारबाही फुकुवा गरेर जानुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *