सर्वोदय पुस्तकालयले पाठक लक्षित कार्यक्रम अन्तर्गत विद्यालयहरूमा पाठक समूह बनाउने निर्णय गरेसँगै सर्वोदय पुस्तकालयका सह-सचिव तथा विद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलको उपस्थितिमा शुक्रबार पहिलो पाठक समूह गठन गरिएको छ ।
सर्वोदय – मोडेल पाठक समूह नामक गरिएको उक्त समूहको संयोजक शिक्षक दयाराम चौधरी हुनुहुन्छ भने सदस्यहरुमा हुकुमी थापा, खुसी भण्डारी, अनुप डाँगी, सहारा के.सी., सन्ध्या चौधरी, सलिना श्रेष्ठ, अंकित परियार, आयुस शमी, सुरज शर्मा, नारायणी बस्नेत, एलिसा नेपाली र आदित्य खड्का रहनुभएको संयोजक दयाराम चौधरीले जानकारी दिनुभयो।
सर्वोदय पुस्तकालयले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विद्यालयहरुलाई पाठक समूह बनाउन आव्हान गरेको छ । उक्त समूहका विद्यार्थीहरुले आफूले रोजेका पुस्तक पुस्तकालयबाट लिएर पढ्ने र पुस्तक माथि छलफल गर्ने जस्ता कार्यहरू गर्नेछन् ।