कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा

राजनीति समाचार
Spread the love

दाङ । नेपाली कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा चुलीएको छ । पछिल्लो पटक कांग्रेस महासमिती सदस्य भुपबहादुर डागि र अर्का महासमिती सदस्य किरणकिशोर घिमीरेलाई मिलाउन कांग्रेसका केही जिल्लास्तरका नेताहरु लागि परेका छन । आउदो पार्टीको जिल्ला अधिबेशन लक्षित गर्दै नेताहरु मिलाउन लागीएको छ । डागि यसअघि कांग्रेस जिल्ला सभापतिमा चुनाब लडेका थिए । पार्टी सभापती शेरबहादुर देउबा पक्षकै नेताहरु जानकिलाल बस्नेत, कमलकिशोर घिमिरे चुनाब लड्दा डागि दोस्रो चरणको चुनाब नलडि सहमति सहकार्यको बाटाे अघि बढाएका थिए । दोस्रो चरणको पार्टीको चुनाबमा देउबा पक्षिय नेताहरु एकजुट नहुदा समस्या बनेको थियो । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाब लड्ने गरि किरणकिशोरले आफ्नो भुमिका बढाउदै लगेका छन । तुलनात्मकरुपमा अन्य नेताहरु भन्दा किरण किशोर समन्वयकारी, सहयोगि मानीन्छन । दुबैमा एकअर्कामा लचकता अपनाउने गुण पनि छ । डागि सधैभरि सहयोगिरुपमा स्थापित भए । कांग्रेस महाधिबेशन प्रतिनिधी घिमिरे भन्छन- भुपबहादुरजि अत्यन्तै सहयोगि, मिलनसार नेताकारुपमा लिन्छु, कांग्रेसको संगठन सुदृढीकरणका लागि उहाँसहित सबै मिलेर जानुपर्छ भन्ने मेरो धारणा छ ।´ घिमिरे कांग्रेसका पुर्ब महामन्त्री शशांक कोइरालाका बिश्वासपात्रकारुपमा चिनिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *