दाङ, १० जेठ ।
सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग हुने क्रम अत्यधिक वढ्को छ । कहिले फिल्म हलमा, कहिले होटलमा, त कहिले पार्टि प्यालेसमा विदाको दिन सरकारी सवारी साधन भेटिने गर्छन । यसै बिच आज बिहिबार वुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको दिनमा समेत सरकारी स्कुटी प्रयोग गरी चलचित्र हेर्न गएको पाइएको छ ।
कर्णाली प्रदेश -०२००१ ब ००५६ नम्बरको सरकारी स्कुटी घोराही-१० नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलमा देखिएको पत्रकार राजनराज न्यौपालने जानकारी दिनुभयो ।
उक्त नम्बरको स्कुटीको कुन कार्यालयको हो भन्ने अनुसन्धान भइरहेको छ ।