तुलसिपुर, बैशाख २६ । मदन भण्डारी
दाङको व्यवसायीक क्षेत्रको एक सफल व्यवसायीको नाम हो– दिपेस भण्डारी । व्यवसायीक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका भण्डारी सफल व्यवसायीको रुपमा परिचित छन । सल्यान जिल्लामा वि.सं. २०४२ सालमा जन्मीएका भण्डारी तुलसिपुरका स्थायी बासिन्दा हुन् । विगत १२ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील भण्डारी विभिन्न सामाजिक संघ – संस्थामा क्रियाशील हुनुहुन्छ । भण्डारीको अम्बिकेश्वरि अटो मार्ट (होन्डा स्वरुम) मुख्य व्यवसाय हो । यस्तै तुलसिपुर नगर जेसिजका पुर्व अध्यक्ष भैसक्नु भएका भण्डारी रोटरी क्लबका हालको कोसा अध्यक्ष तथा हालका तुलसीपुर उध्योग बाणिज्य संघका कार्यसमिति सदस्य पनि हो । लामो समयदेखी व्यवसायिक र सामाजिक कार्यमा क्रियाशील भण्डारि यही बैशाख २९ गते हुने तुलसिपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागी सह-कोसाअध्यक्ष पदको उमेद्वार बन्नुभएको छ । बिनिल के.सिको नेतृत्वमा रहेको व्यवसायी प्यानलको तर्फबाट सह-कोसाअध्यक्ष पदको उमेद्वार बन्नुभएका भण्डारी बिजयी हुनेमा ढुक्क हुनुहुन्छ ।
मिजासिलो स्वभावका भण्डारी सबैमाझ लोकप्रीय हुनुहुन्छ । व्यवसायीक कुशलता र सामाजिक कार्यमा क्रियाशील रहेकाले आफू सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुको रोजाईमा परेकाले आफू बिजयी हुने भण्डारीले दाबी गर्नुभयो ।
सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुको माया र मतले म बिजयी हुनेमा आत्मविश्वस्त छु’ उनले भने– ‘मेरो विश्वासलाई मर्न नदिनकालागी सम्पूर्ण उद्योगी व्यवसायी मतदाता ज्यूहरुलाई बिनिल के.सिको प्यनललाई मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।’