नारायणपुर उद्योग वाणिज्य संघमा पाँच पदमा चुनाब हुने

राजनीति समाचार
Spread the love

बैशाख २४ | दाङ | राजन राज न्यौपाने

नारायणपुर उद्योग वाणिज्य संघको नवौं अधिवेशनमा पाँच पदमा दुई समूहको उम्मेदवारी परेको छ । अध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा दुई समूहको उम्मेदवारी परेको हो ।

अनिल बस्नेतको नेतृत्वमा रहेको समूहका महासचिव, महिला सदस्य र सदस्यहरू निर्विरोध चयन भएका छन् । सर्वसम्मत चयन हुनेहरूमा महासचिवमा जागेश्वरप्रसाद डाँगी (विष्णु ), महिला सदस्यमा पुष्पा डाँगी र सदस्यहरूमा सदस्यमा यज्ञ थापा, नवराज लम्साल, सुरेन्द्र आचार्य , गणेश भण्डारी र टेकराज शर्मा निर्विरोध चयन भएका छन् । बस्नेतले नेतृत्व गरेको समूह सर्वसम्मत कार्यसमिति चयन गर्न बनेको समितिले निर्माण गरेको हो । समितिले सर्वसम्मत कार्यसमिति चयन गरे पनि अर्को एक पक्षले पाँच पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

बस्नेतले नेतृत्व गरेको समूहमा अध्यक्ष अनिल बस्नेत, उद्योग उपाध्यक्षमा बसन्त न्यौपाने, वाणिज्य उपाध्यक्षमा कुलराज खनाल, सचिवमा मीना भण्डारी, कोषाध्यक्षमा नारायण भट्टराई रहेका छन् ।
अर्को समूहको नेतृत्व लिलाधर शर्मा (बिट्टु)ले गरेका छन् । जसको अध्यक्षमा लिलाधर शर्मा (बिट्टु), उद्योग उपाध्यक्षमा धरम बस्नेत, वाणिज्य उपाध्यक्षमा सनतकुमार आचार्य, सचिवमा तिलक भण्डारी र कोषाध्यक्षमा बसन्त बस्नेत रहेका छन् । यद्यपि कोषाध्यक्ष पदका उम्मेदवार बसन्त बस्नेतको उम्मेदवारीमा दाबी विरोध परेको छ । संघको विधान अनुसार कार्यसमितिको उपाध्यक्ष देखि सदस्यसम्मको उम्मेदवार हुनका लागि संघको सदस्यता लिएको कम्तीमा पनि एक वर्ष पूरा भएको हुनुपर्ने छ । तर, बस्नेतले यही वर्ष मात्र संघको सदस्यता लिएका छन् । दाबीविरोध सही ठहरे कोषाध्यक्ष पद पनि निर्विरोध हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *