प्रतिष्ठानमा विरामीको कलजोमा जम्मा भएको पिप सफल शल्यकृया गरेर निकालियो

समाचार
Spread the love

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको हो । प्रतिष्ठानका रेडियोलाेजिष्ट डा. वम विसि, अर्का रेडियोलोजिष्ट डा. विपिन खनाल, सर्जन डा. आत्मानन्द वर्मा, डा. उत्सवसहीतको चिकिसत्सक, नर्स र स्वास्थ्यकर्मिको टोलिले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यकृया गरीएको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा. रमेश कडेलले जानकारी दिनु भयो । शल्यकृयामा संलग्न चिकित्सक रेडियोलोजिष्ट डा.वमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यकृया हुने गरेकोमा हाल रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि विधीवाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताउनु भयो । विरामी पेट दुखेपछि प्रतिष्ठान उपचारकोक्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिष्ट डा. विपिनले भिडियो एक्सरेको सहायतामा विरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिष्ट, सर्जनसहीतको स्वास्थ्यकर्मि र नर्शको टोलिले नचिरेर सफल शल्यकृया गरेको जानकारी दिनु भयो । ‘पहिले–पहिले कलेजो, किड्निमा जमेको पिप निकाल्न चिरेर नै शल्यकृया गरीन्थ्यो,त्यो अत्यन्तै जटिल पनि मानिन्थ्यो–डा. वमल भन्नुभयो–‘ कलेजोको पिप निकाल्न पनि विगतमा पेट चिरेर अप्रेसन गरेर निकालिन्थ्यो, अहिले पनि नयाँ उच्च प्रविधि प्रयोग गर्दै अहिले रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि विधीवाट उपचारात्मक सेवा दिन सफल भयौ, चिर्नु पनि परेन, घाउ पाक्ला भन्ने विरामीलाई समस्या पनि भएन्, यो विधि धेरै राम्रो मानिएको छ ।’ यो सजिलो विधिवाट अप्रेसन गर्दा विरामीलाई वेहोस पार्न नपर्ने, सामान्य छाला लठ्याएर उपचार गर्न सकीने, छिटोछरीतो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा. कडेलले बताउनु भयो । विरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्यदेखी जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनु भयो । सुचना अधिकारी भट्टराइले कलेजो, किड्निमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल शल्यकृया यही विधिवाट गरीएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *