राप्ती स्वास्थ्य प्रतिष्ठानको बिकासको लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिबद्धता, जेठदेखि फोरलेनले गती लिने कांग्रेस केन्द्रिय सदस्य दिपक गिरिको भनाई
दाङ, २९ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर काेइरालाले देशकाे राजनीतिक स्थिरताका लागि नेपाली काङ्ग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिन जरूरी रहेकाे बताएका छन् ।
नेपाली काङ्ग्रेस दाङ जिल्लाकाे दाेस्राे सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता डा.शेखर काेइरालाले राजनीतिक स्थिरताका लागि काङ्ग्रेस र एमाले एकै स्थानमा उभिने समय आइसकेको बताएका हुन् ।
पटक पटक सरकार परिवर्तन हुने परिपाटीले विकासलाई पछि पारेकाे छ । सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुने, कर्मचारी फेरबदल हुने हुँदा विकासमा अस्थिरता हुन्छ ।´ डा. काेइरालाले थपे,
सरकारमा देखिएकाे अस्थिरतालाई न्यूनीकरण गर्नका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ। अब काङ्ग्रेसकाे बाटाे यही हाे । यसका लागि दुई ठुला पार्टी एकै ठाउँमा उभिनुपर्छ । ´
राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक मन्दीकाे डरलाग्दो अवस्था आएकाे नेता काेइरालाले बताए । आर्थिक मन्दीका कारण धेरै व्यवसायमा सटर डाउन भइसकेका छन् । एकै व्यक्ति तथा समूहले आर्थिक जालाे फिजाएका छन् । त्यही व्यक्ति उद्याेगी, त्यही व्यक्ति बैकर्स, त्यही व्यक्ति सहकारी , लघुवित्तमा छन् । यस्ताे अवस्थामा जनताले कसरी आर्थिक न्याय पाउँछन् ? ´ नेता काेइरालाले थपे,
याे विषयमा पार्टी र सदनमा कुरा उठिसकेकाे छ । अब काङ्ग्रेसले यही एजेन्डामा आफूलाई केन्द्रित राख्छ । याे समस्याबाट जनतालाई काङ्ग्रेस न्याय दिन लागिपरेको छ, लाग्छ र गर्छ, विश्वस्त हुनुहाेस् ।´
Advertisement:
विवादित सत्य निरूपण तथा मेलमिलाप आयाेगकाे विधेयकमा बाेल्दै नेता काेइरालाले पीडितमैत्री विधेयक बन्नुपर्ने बताए । विधेयकमा भइरहेकाे राजनीतिकरणका विषयलाई लिएर नेता काेइरालाले टिआरसी विधेयक राजनीतिक लेनदेनकाे विषय बन्न नहुने बताए ।
उनले देश र जनतामाथि प्रहार हुने विषयमा काङ्ग्रेस संसदमा चुप लागेर नबस्ने बताए । काङ्ग्रेसले सदनमा कसैसँग व्यक्तिगत तथा पार्टीगत प्रतिशाेध नराखेकाे बताउँदै प्रतिपक्षकाे रचनात्मक भूमिका खेल्ने नेता काेइरालाले बताए ।
दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रधानमन्त्रीसँग बजेटका विषयमा गम्भीर भएर कुरा राख्ने नेता काेइरालाले बताए ।
नवीकरण नगरेका क्रियाशील सदस्यहरूकाे नवीकरणका लागि कार्यक्रम तय गर्न समेत नेता काेइरालाले अनुराेध गरे । `पार्टीकाे अधिवेशनसम्म गुटबन्दी गर्नुहाेस् तर अधिवेशन सकिएपछि एक ढिक्का हुनुहाेस् ।´ नेता काेइरालाले बताए । नेता काेइरालाले आगामी चुनावमा नेपाली काङ्ग्रेसलाई एक्लै जिताउने प्रण गर्न नेता तथा कार्यकर्तालाई अपील गरे ।
सम्मेलनलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य दिपक गिरीले काङ्ग्रेसलाई देशमा घेराबन्दी गर्न सुरूआत भएकाे बताए । लाेकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसकाे अन्तर्राष्ट्रिय स्तरमा बदनाम बनाउन अन्य दलहरू लागिपरेका छन् । सरकारमा अनैतिक र विवादित मान्छे गएका छन् । तिनकाे विराेध गर्दा नेपाली काङ्ग्रेसलाई संसद अवराेध गरेकाे आराेप लगाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा काङ्ग्रेसकाे बदनाम गर्न उदत्त रहेका छन् ।´ गिरीले थपे,
काङ्ग्रेसले गरेका राम्रा कामकाे विराेध गर्दै आफूले जस लिन लालायित रहेका छन् । जनताका पक्षमा काम गर्ने काङ्ग्रेसकाे लाेकप्रियतालाई घटाउन तथानाम भन्दै हिँडेका छन् । उनीहरूलाई जवाफ दिन काङ्ग्रेस तयार हुनुपर्छ ।´
साथै लमही – तुलसीपुर चार लेन बाटाेकाे नयाँ ठेक्का आगामी जेठभित्रमा हुने र कामले गति लिने नेता गिरीले बताए ।
सम्मेलनलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पार्टीका विधानभित्र रहेका त्रुटि सच्चाएर काङ्ग्रेसले लाेकतन्त्रकाे पक्षमा बलियाे रूपमा उभिन अपील गरे ।
केन्द्रीय सदस्य याेगेन्द्र चाैधरीले ग्रास रूटसम्म काङ्ग्रेसले सङ्गठनकाे विस्तार र सुदृढ गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य कृष्णकिशाेर घिमिरेले पार्टीभित्र इतिहास नबिर्सन अपील गर्दै काङ्ग्रेसले चुनावी गठबन्धनलाई दिमागबाट हटाउन अपील गरे ।
सम्मेलनलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टी सुदृढीकरणकाे विकल्प नरेकाे बताए ।
सम्मेलनमा सचिव अर्जुन याेगीले साङ्गठनिक प्रतिवेदन र काेषाध्यक्ष प्रकाश सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्ला सभापति शंकरप्रसाद डाँगीकाे सभापतित्वमा दाेस्राे सम्मेलन सम्पन्न भएकाे हाे । उपसभापति कमानसिं भारतीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा उपसभापति गिरििराज सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमकाे सहजीकरण सचिवद्वय अर्जुन याेगी र बालिका लम्सालले गरेका थिए ।