दाङ, चैत २५ । लुम्बिनी प्रदेशमा दलहरूलाई भागबन्डा पुर्याउनका लागि मन्त्रालयको संख्या बढाउने तयारी भएको छ।
संघमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन्। आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरूलाई मन्त्रालय भागबन्डा पुर्याउन मुख्यमन्त्री महराले मन्त्रालय बढाउन लागेका हुन्।
माओवादी केन्द्रका एक नेताका अनुसार त्यसबारेमा छलफल भइरहेको छ।
महरालाई मुख्यमन्त्री बनाउन एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदले समर्थन गरेका थिए।
Advertisement:
एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन तथा नाउपा, जसपा र एकीकृत समाजवादीलाई एकरएक मन्त्रालय दिने गरी छलफल अगाडि बढाइएको थियो।
प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्री दाबी गरेको छ। ३ सांसद रहेको लोसपालाई पनि सरकारमा ल्याउने र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि मन्त्रालय दिने मुख्यमन्त्री महराको तयारी छ।
त्यसका लागि मन्त्रालयको मौजुदा संख्याले अपुग हुने भएपछि संख्या बढाउनेबारेमा छलफल गर्न लागेको माओवादीका ती नेताले बताए।
एकीकृत समाजवादी, जसपा र नाउपालाई एउटा एउटा मन्त्रालय दिने र स्वतन्त्र सांसद र लोसपालाई पनि एउटा मन्त्रालय दिएर सरकारमा ल्याउँदा हाल रहेको २ मन्त्रालय अपुग हुने देखियो, बढाएर १२ पुर्याउने विषयमा छलफल हुँदैछ,ु माओवादी केन्द्रका एक नेताले भने।
Advertisement:
नेकपा एमालेले चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ। दिउँसो साढे १ बजे मुख्यमन्त्रीले शपथ ग्रहण गर्दा उनले विना विभागीय मन्त्रीको शपथ लिनेछन्।
दलहरूबीच कुन मन्त्रालय कसले लिने भन्ने सहमति नभएका कारण आचार्यले आज विना विभागीय मन्त्रीको शपथ लिनेछन्।
महरा शुक्रबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
आज दिउँसो साढे १ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहणको कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बताए।
उनका अनुसार आज मुख्यमन्त्रीसहित गठबन्धन सबै दलबाट एकरएक जना मात्रै भएपनि मन्त्रीहरु बनाउने तयारी छ। त्यसका लागि दलहरूबीच छलफल भइरहेको छ।