काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राजनीतिक प्रतिशोध नसाँध्न आग्रह गरेको छ । सहकारी ठगी प्रकरणमा नाम जोडिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै कांग्रेसले संसद अवरोध गरेपछि सरकारले यस्तो आग्रह गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्रीमाथि कांग्रेसले पूर्वाग्रह साँधेको बताइन् ।
उनले भनिन्, ‘संसदलाई प्रभावकारी बनाउने भूमिका सरकारको हो । तर, अहिले हामीले काम गर्न थालेका छौं । यो बेलामा आएर राजनीतिक पूर्वाग्रहको आधारमा भन्दा काम हेर्नुपर्यो । काममा गल्ती भयो, आशंकाको दायरामा तानियो भने स्वाभाविक ढंगले सरकार छाडेर जाने स्थिति बन्छ । तर, अहिले राजनीतिक प्रतिशोधको रुपमा राजीनामा मागिएको छ ।’
उनले प्रधानमन्त्री संसदबाट नभागेको बताउँदै आगामी चैत ६ गते उठेका प्रश्नको जवाफ दिने बताइन् ।