भैरहवामै उच्च प्रविधिको एमआरआइ मेसिनबाट सेवा सुरु

समाचार
Spread the love

भैरहवा — करिव १८ करोड रुपैयाँको लगानीमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) शिक्षण अस्पतालले अत्याधुनिक प्रविधिको ‘३ टेस्ला एमआरआइ’ उपकरणबाट सेवा सुरु गरेको छ ।

भैरहवामै उच्च प्रविधिको एमआरआइ मेसिनबाट सेवा सुरु
२०५४ सालमा स्थापना भएको यो शिक्षण अस्पताल त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज हो । उक्त मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.सदनमुखिले विश्व प्रशिद्ध अत्याधुनिक नयाँ यो एमआरआइ मेशिन नारायणी नदीदेखि पश्चिममा पहिलो पटक संचालनमा आएको र १४ मिनेट भित्रमा होलबडी स्क्यान गर्ने बताए ।

विकीरणको जोखिम नभएको, शरिरका एकदमै स साना कोशिका, नसा, गांठ, हाड, जोर्नी, ट्युमरको सहजै अवलोकन गर्न सकिने र क्यान्सर रोग तथा यसको फैलावटलाई सहजै छिटो समयमा पत्ता लगाउन सकिने बिशेषता रहेको उनले बताए ।

‘यस खालको उच्च गुणस्तरिय एमआरआइ मेशिनको अभावमा रोगको सही निदान हुन नसक्दा यस क्षेत्रका बिरामी काठमाडौं लगायत् विदेश जानु पर्ने बाध्यता थियो,’ सदनमुखिले भने, ‘अब यो बाध्यता हटेको छ ।’

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आइतबार उक्त उपकरणको उद्घाटन गरेका हुन् । गरिव तथा आर्थिक बिपन्न बिरामीलाईपनि सर्व सुलभ रुपमा यो सेवा उपलब्ध गराउन उनले आग्रह गरे ।

अस्पतालका प्रबन्ध निर्देशक खुमा अर्यालले सरकारले संचालन गरेको सवै कार्यक्रम सर्त अनुरुप पालना गरिएको र बिशेषज्ञ स्वास्थ्य सेवाकालागि बिदेशिनु पर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पतालको सेवालाई केन्द्रित गर्न लागिएको जनाए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *