दाङ । लुम्वीनि प्रदेशका मुख्यमन्त्रि डिल्ली चौधरीले सत्ता जोगाउन दौडधुप तिव्र पारेका छन् । मुख्यमन्त्रिका स्वकीय सचिव मुकुन्द गौतमले सत्ता सहकार्यमा राप्रपा जोडिन सक्ने संकेत गरे । माओवादिले समर्थन फीर्ता लिएपछि अत्तालिएका चौधरी नेतृत्वको गठवन्धन जोगाउन राप्रपालाई सत्तामा ल्याउन खोजिएको हो । राप्रपाका लुम्विनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले लुम्वीनि प्रदेश सरकारमा राप्रपा जाने कुरा अझै निर्णय नभएको बताए । उनले पार्टिको भोलि बस्ने भनिएको केन्द्रीय कार्य सम्पादन समितिको निर्णयका आधारमा थप निर्णय लिइने बताए ।