घोराही २० फाल्गुन
गुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन (भ्यान र बस)मा जिपिएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ । ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावकहरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने निगरानि गर्न सकिने गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभएको छ । अभिभावकले ग्लोबल पोजिसनिङ सिस्टम एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी विद्यालयको गाडिलाई प्रतक्ष्य निगरानि राख्न सकिने छ । विद्यालय भनेको पढ्ने पढाउने ठाँउ मात्र नभएर विद्यार्थिहरुको आधारभुत सेवा सुबिधा संगै जोडिएको सुरक्षित यात्रालाई बास्तविक सुरक्षा दिलाउन र सुरक्षाको हिसावले पनि निकै प्रभावकारी हुने भएकाले यो प्रबिधि प्रयोग गरीएको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो । साथै उँहाले ढुक्क भएर आफ्ना नानिबाबु गुरुकुल एकेडेमीमा भर्ना गरी समयमै सिट सुरक्षित गर्न पनि अनुरोध गर्नुभयो । आगामि शैक्षिक सत्र २०८१ बाट पठन पाठन हुने गरी प्री रजिष्ट्रेशन पनि खुला गरेको छ । पुर्ण मानव बनाउने मुल उद्धेश्यका साथ २०७२ सालबाट घोराही १५ रतनपुरमा संचालनमा आएको गुरुकुल एकेडेमीले आफ्ना शाखा जिल्लाका मुख्य शहर लमहि र तुलसिपुरमा पनि संचालनमा ल्याउन लागेको हो ।