बिशाल बिश्वकर्मा, फागुन ७
शज देशमा प्रजातन्त्र आएको दिन। आजको दिनलाई राष्ट्रिय प्रजातान्त्र दिवसको रूपमा मनाउने गरिन्छ । प्रजातन्त्र भनेको त्यो शासन हो जसमा राज्यको शासकीय शक्ति कुनै विशेष वर्ग वा व्यक्तिमा निहित नभई समाजमा सम्पूर्ण सदस्यहरुमा हुने व्यवस्था हो । नेपालमा प्रजातन्त्र दिवस भन्ने शाब्दिक सन्दर्भले वि.सं २००७ साल फागुन ७ गतेलाई स्मरण गराउँछ ।
नेपाली राजनीतिक इतिहासमा परिवर्तनको पहिलो खुड्किलो वि.सं २००७ साललाई मानिन्छ । प्रजातन्त्र दिवस १०४ बर्षे जहानियाँ राणा शासनको अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाउने गरिन्छ ।
राणाहरूले देशमा तानाशाही हुकुमी शासन चलाएका थिए । मुलकमा संविधान थिएन । जनताहरू मौलिक हक अधिकारबाट वन्चित भएका थिए । वि सं १९९० को दशकसम्म शिक्षा र राजनीति चेतनाको अभावामा राणाबिरुद्ध
नेपाली जनता सङ्गठित हुन सकेका थिएनन् । त्यसपछि भने बनारसमा अध्ययन गरेर फर्केका युवाहरुले राणा बिरुद्ध आवाज उठाउन थालेका थिए । दशरथ चन्द र टंकप्रसाद आचार्यलगाएतका युवाहरुले वि सं १९९३ मा प्रजापरिषद् नामक राजनीति दल स्थापना गरेका थिए । प्रजापरिषद्ले राणा शासन विरुद्ध जनतालाई सङ्गठित गर्न थालेका थिए । राणा सरकारले प्रजापरिषद्को गतिविधि जानकारी पाएपछि प्रजापरिषद्का सदस्यहरु दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई फासी दिएका थिए ।
फाँसीको कुरुर घटनापछि नेपाली जनतामा राणा विरोधी भावना बढ्न थालेको थियो । यस क्रममा वि सं २००६ मा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो र वि सं २००७ कार्तिक २१ गते देखि नेपाली काङ्ग्रेसले राणा विरुद्ध सशस्त्र आन्दोलन सरु भएको थियो । नेपाली काङ्ग्रेसले सुरु गरेको सशस्त्र आन्दोलनमा हजारौं नेपाली युवाहरु मुक्ति सेनामा भर्ती भएर राणा विरुद्ध लडेका थिए ।
राणा सरकारले आन्दोलनको दबाब थाम्न नसकेपछि तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले भारत सरकारलाई सहयोग मागेपछि भारत सरकारले मध्यस्थतामा नेपाली काङ्ग्रेस, राणा प्रतिनिधि र राजा त्रिभुवनको बिच
वि सं २००७ फागुन १ गते दिल्ली सम्झौता गरेको थियो ।
दिल्ली सम्झौताको मुख्य सर्तहरु:
१. जनताद्वारा निर्वाचित विधान सभाले संविधान निमार्ण गर्ने
२. १० जना ( ५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेको अन्तरिम मन्त्री मण्डल गठन गर्ने
३. श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवनको नै हुने
४. फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने
५. आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने ।
६. वैधानिक राजा त्रिभुवन नै हुने ।
दिल्ली सम्झौतामा यस्ता सम्झौताहरु उल्लेख गरी वि सं २००७ फागुन ५ गते राजा त्रिभुवनले नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएको घोषणा गरेका थिए ।