मावि सौडियारको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति बिबिध कार्यक्रमका साथ सम्पन्न, बिद्यालयको शैक्षिक बिकासमा प्रदेश सरकारको सहयोग हुन्छ- मुख्यमन्त्री चौधरी

खेलकुद/मनोरन्जन राशिफल शिक्षा समाचार
Spread the love

दाङ, फागुन १ । माध्यमिक बिद्यालय सौडियारको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती आज मंगलबार विशेष समारोहका विच मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता एव लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपाने गुन्टु र दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर कायम राख्नमा ध्यान दिन आग्रह गर्नु भयो । शैक्षिक क्षेत्रको बिकास बिना मुलुकको बिकास सम्भब नरहेको चर्चा गर्दै बिद्यालयमा बिद्यार्थी संख्या बढाउन सुझाव दिनु भयो । बिद्यालयमा भौतिक पुर्बाधारका लागि बजेट दिने आस्वस्त पार्दै बिद्यार्थी संख्या बढाउने गरि शैक्षिक प्रतिबद्धता प्रदेश सरकारले खोजेको उहाँले बताउनु भयो ।

बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोक बहादुर कुवरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङमा सल्लाहकार तथा घोराही बनाउ अभियानमा संयोजक सविन प्रियासन,नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति भिमप्रकाश खड्का, घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरी, नेपाली कांग्रेसका वडा सभापति कर्णबहादुर बुढाथोकी, रात्रि प्रावि शुक्रवारका प्रधानाध्यापक सुशिला पौडेल, सम्मानित हुनु हुनेका तर्फबाट शिक्षक दामोदर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले विद्यालयको आर्थिक, शैक्षिक तथा अन्य प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षकको रूपमा सीता डिसी, दामोदर पाण्डे एवं अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकहरूलाई सम्मानित गरिएको थिया । यस्तै विद्यालयमा गत बर्ष अक्षयकोष स्थापना गर्ने कर्ण बहादुर बुढाथोकी,सेनराज शाह,नेत्रलाल उपाध्यायलाई सम्मान गरिएको छ । कार्यक्रममा बि.ब्य.स.का पुर्व अध्यक्ष, बि.ब्य.स. सदस्य, पुर्व शिक्षकहरु, पुर्व कर्मचारीहरु, समाजसेवि, सहयोगि संस्थाहरु, बिद्यालयहरु, उत्कृष्ट अभिभावक, उत्कृट बिद्यार्थिहरुलाई समेत सम्मान गरियो । बार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न नृत्य, गित, विज्ञान कला प्रदर्शन गरिनुका साथै सो अवसरमा नेपाल रेडक्रस सोशाईटी जिल्ला शाखा दाङको प्राबिधिक सहयोगमा रक्तदान, स्वास्थ्य चौकी सौडियार र हेल्थ फाउण्डेशन नेपालको सहयोगमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सुजिता चौधरी र विष्णुराज चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *