घोराही, माघ २३ । घोराहीमा आज देखि दाङ चेम्बर अफ कमर्शले लुम्बिनी प्रदेश स्तरीय दाङ एक्सपो २०८० सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री अनितादेबि शाहले गरेकि थिइन । उनले एक्सपोले आर्थिक कारोबार बढाउने बताए । उनले कोरानाको समयदेखिको आर्थिक मन्दिलाई यस्ता महोत्सबले चलायमान बनाउने बताए । एक्सपो चेम्बर अध्यक्ष बिकास अग्रवालको अध्यक्षतामा उद्घाटन भएको थियो । चेम्बरले फागुन ८ गतेसम्म एक्सपो सन्चालन गर्नेछ । तुलसीपुरमा भोलीदेखि नै तुलसिपुर उद्याेग बाणिज्य संघले मेला लगाउदै छ ।