दाङ, १८ माघ ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ४.५३ रुपैयाँ र डिजेल, मट्टीतेल प्रतिलिटर २.३२ रुपैयाँले बढेको छ।
अब पेट्रोलको मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बिरगञ्ज) मा प्रतिलिटर १६७ रुपैँया ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर १५५ रूपैँया ५० पैसा कायम भएको छ ।
यस्तै ख वर्ग (दाङ र सुर्खेत) मा पेट्रोल प्रतिलिटर १६९ रुपैँया, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५७ कायम गरिएको छ । यस्तै ग वर्ग (काठ्माण्डौ, पोखरा र दिपायल)मा पेट्रोल प्रतिलिटर १७० रुपैँया कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५८ कायम गरिएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५ रुपैँयाले बढेको छ । जस अनुसार खाना पकाउने एल.पि ग्याँसको मूल्य १ हजार ९ सय १० रुपैँया कायम भएको छ । नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागु भएको निगमले जनाएको छ ।