राजन राज न्यौपाने, दाङ
नेता र जनप्रतिनिधिले खाए, सिध्याए, जनतालाई केही गरेनन् भन्ने निरासा सबैतिर व्यप्त भइरहेको समयमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक वडाध्यक्ष दाङका बालेन साह भनेर चिनिने जितेन्द्र शाह अरु भन्दा काम गरेर चर्चामा आएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले आफ्नो वडाभरीका बालिका तथा किशोरीको शिक्षाका लागि सहयोगी कार्य सुरु गरेका हुन् । उनले आफूले मासिक रुपमा पाउने सेवा सुविधाबाट आफ्नो वडाभरीका बालिका तथा किशोरीले शिक्षामा खर्च गर्ने गरी मासिक रुपमा रकम उपलब्ध गराउने थालिएको जानकारी दिए ।
“मेरो मासिक तलब आउँछ । त्यो रकम खर्च नगरी बैंकमा जम्मा गरेको राखेको छु । त्यही रकमबाट मेरो वडा (घोराही उपमहानगरपालिका वडा नम्बर ८) का ५ वर्षदेखि १८ वर्षसम्मका बालिका तथा किशोरीले कापि कलम किन्न सहयोग होस भन्ने उदेश्य राखेर मासिक ३ सय रुपैयाँ दिन थालेको छु,’ वडाध्यक्ष शाहले वडापालिकासँग भने ।
वडाअध्यक्षले मासिक ३० हजार रुपैयाँ तलब पाउँछन् ।
उनले यसरी रकम वितरण गर्न सुरु गरिसकेका छन् । वडाध्यक्ष शाहका अनुसार सो वडाभरीमा ५ देखि १८ वर्षसम्मका २०० जना बालिका तथा किशोरीहरु छन् । यी सबै बालिका तथा किशोरीलाई मासिक ३ सयको दरले रकम प्रदान गर्न मासिक ६० हजार रुपैयाँ आवश्यक पर्छ । तर, २ वर्षदेखि जम्मा गरेको रकम र अब आउने रकमले त्यसरी सहयोग गर्न पुग्ने अनुमान वडाध्यक्ष शाहले गरेका छन् ।
रकम वितरण गर्नको लागि केही मापदण्ड भने बनाइएको छ । निजी जमिन ५ कठ्ठाभन्दा कम हुने परिवारका बालिका तथा किशोरीलाई मात्रै रकम प्रदान गरिनेछ । र, अर्को मापदण्ड भने विद्यालय नजाने बालिका तथा किशोरीले पनि यस्तो रकम पाउँछन् ।‘कापी कलम किन्नको लागि भनेर मैले सहयोग गर्ने हो । रकम प्रदान गर्दा पनि कापी कलम किन्नको लागि नै भनेर दिन्छु । यसो भएपछि विद्यालय नजाने गरेका बालिका तथा किशोरीहरुलाई पनि विद्यालय पठाउन सहज हुन्छ । विद्यालय जाने बालिकाको संख्या बढाउन यस्तो उपाय निकालेको हूँ” वडाध्यक्ष शाहले भने ।
अहिले अध्यक्ष सामाजिक कामका कारण धेरै चर्चामा छन ।
उनलाई आउने चुनाबमा मेयरको रुपमा हेरिएको स्थानिय वडा वासी बताउछ्न। शाहलाई बालेनको उप नामले पनि दाङमा चिनिन्छ । उनले आफ्नो वडामा निशुल्क एम्ब सेवा पनि गरेका छ ।