कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगर दाङमा प्रथम

अन्य राजनीति समाचार
Spread the love

दाङ,९ माघ ।
कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालीका दाङकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को  स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यसम्पादन मूल्याङकनमा घाेराही उपमहानगरपालीका दाङमा प्रथम र लुम्बिनी प्रदेशमा पाँचौ भएको छ ।

१०० पुर्णाङ्कको मूल्यांकनमा घोराही उपमहानगरपालीकाले ७८ अंक पाएको छ । उपमहानगरले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९।५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २२, लेखांकन तथा प्रतिवेदनमा १६, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ८ र राजस्व व्यवस्थापनमा १२।५ अंक ल्याएको छ । यस्तै जिल्लामा बबई गाँउपालीकाले  सबै भन्दा कम ६७।५० अङ्क पाएको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालीका,दंगिशरण गाँउपालीका ,शान्तिनगर गाँउपालीका ,लमही नगरपालीका,राजपुर गाँउपालीका,बंगलाचुली गाँउपालीका,गढवा गाँउपालीका र राजपुर गाँउपालीाका सहित ८ वटा पालीकाले कागजात नै पेश गरेका छैनन । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा हेर्न सकिने नतिजामा फाराम सार्वजनिक नभएको उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशमा पहिलो हुने नवलपरासी पश्चिमको सुनवल नगरपालीकाले ८६ अङ्क प्राप्त गरेको छ भने सवैभन्दा कम अङ्क रुपन्देहीको सुद्धोधन गाँउपालीकाले ५५।५ प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संस्थागत क्षमता कस्तो छ भनेर प्रत्येक बर्ष मूल्यांकन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *