सेनाबाट उपदान, सेक्युरिटी गार्ड हुँदै अहिले माध्यमिक शिक्षक ।

अन्य शिक्षा समाचार
Spread the love

उहाँ पहल बहादुर खड्का । घर घोराही १८, दाङ । २०६५ सालमा नेपाली सेना सिपाही पदबाट नेपालको सरकारी सेवाको सुरुवात गर्नुभयो । २०७१ सालमा उपदान लिएर छोड्नुभयो । २०७१ देखि २०७४ सम्म कतारमा सिनियर सेक्युरीटी अपरेटर भएर काम गर्नुभयो ।

२०७५ मा नेपाल फर्केर पुनः अंग्रेजी विषयमा एमएडको पढाई सुरु गर्नुभयो । २०७६ मा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तिनै तहको अध्यापन अनुमतिपत्र प्राप्त गर्नुभयो ।

२०७९ मा आफ्नो पहिलो प्रयासमा शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी विषयको खुला प्रतियोगितात्मक परीक्षामा लुम्बिनी प्रदेशबाट वैकल्पिक तथा निम्नमाध्यमिक तहको अंग्रेजी विषय लुम्बिनी प्रदेशबाट सिफारिस हुनुभयो । हालै २०८० मा माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी विषयको शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षामा उत्तीर्ण भइ लुम्बिनी प्रदेशबाट ३ नम्बरमा सिफारिसमा पर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *