दाङ,२४ पुस ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख उमेशराज जोशीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा/ काज भएको छ ।
जोशीको सरूवा/काज भएपछी लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्न कुबर कडायत आउने हुनुभएको छ।
डिआइजी कडायतको नेपाल प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालय नक्सालवाट लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा सरूवा/काज भएको हो । कडायत नेपाल प्रहरीको केन्द्रीय प्रबक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहनु भएको थियो ।
यसअघि उहाँ दाङ जिल्ला प्रहरी प्रमुखको रूपमा समेत काम गरीसक्नुभएको छ ।
आज (मंगलबार) गृह मन्त्रालयल डिआइजी कडायत सहित १६ जना डिआइजीको सरूवा/काज गर्ने निणर्य गरेको हो।
गृहको निर्णय अनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, कर्णालीमा लालमणि आचार्य र सुदुरपश्चिम प्रदेशमा रबिन्द्र केसी प्रदेश प्रमुख हुनुभएको छ।