पद्मोदय क्याम्पसलाई जग्गा दान

अर्थ/वाणिज्य शिक्षा समाचार
Spread the love

घोराही । पद्मोदय क्याम्पस घोराही–१७ दाङलाई कस्तुरी घिमिरेले तीन कट्ठा जमिन दान दिनुभएको छ ।
‘उहाँहरुले तपाइँ‘को जग्गा दिए क्याम्पसलाई सजिलो हुने थियो भन्नुभयो’– जग्गा दाता घिमिरेले टेलिफोन सम्पर्कमा भन्नुभयो– ‘मैले पनि बाबा आमा र दाईको नाममा दिन उचित मानें ।’
स्व माता पूर्णकलादेवी शर्मा, पिता वासुदेव शर्मा र दाजु प्रमोद शर्माका नाममा घिमिरेले जग्गा दान गर्नुभएको हो । घोराही घनिबगिया घर भई हाल नेपालगञ्ज बस्नु हुने घिमिरेले सोमबार क्याम्पसका नाममा रजिष्टे«सन पास दिनुभएको हो । क्याम्पसको सजिलोका लागि दिएको उहाँले बताउनुभयो । त्यसबाहेक आफ्नो कुनै स्वार्थ नरहेको घिमिरेको भनाइ थियो । घोराही उपमहानगरपालिकाबाट प्राप्त करिब दुई विगाह जमिनमा पद्मोदय क्याम्पस निर्माण गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
क्याम्पसको आफ्नै नामको एक टुक्रा जमिन पनि थिएन । अब क्याम्पसको आफ्नै नाममा जमिन प्राप्त भएको छ । क्याम्पसको आफ्नो सम्पत्ति भएकाले सबै काम गर्न सजिलो हुनेछ । ‘जग्गा प्राप्तिको सबै कानुनी प्रक्रिया मालपोतमा पुगिसक्यो’– क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष गोविन्दप्रसाद न्यौपानेले भन्नुभयो– ‘मंंगलबार पुर्जा आउँछ ।’ जग्गादाता घिमिरे परिवारप्रति क्याम्पसले विशेष आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *