दाङ महिला जेसिसको पन्ध्रौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा जुनु चयन

राजनीति समाचार
Spread the love

लक्ष्मी आचार्य
दाङ महिला जेसिजको १५ औं पद हस्तान्तरण शनिवार घोराहीमा सम्पन्न भएको छ । महिला जेसिजको वर्ष २०२४ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

दाङ महिला जेसिजको वर्ष २०२४ को अध्यक्षमा जुनु कुमारी बुढा निर्वाचित हुनुभएको थियो । यसअघि दाङ महिला जेसिज २०२४ को कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको थियो । यसरी निर्वाचित हुनेहरुमा कार्यकारी उपाध्यक्ष मीना भण्डारी वली, अर्चना शर्मा, उपाध्यक्षहरु रेमन्ता पुन, प्रिया क्षेत्री, आराधना सिंह ठकुरी, दीपा पुन, महासचिव सुनिता अधिकारी रावत हुनुहुन्छ । त्यस्तै कोषाध्यक्ष दिलु मल्ल, प्रकरण निर्देशक लक्ष्मी घमाल, सदस्यता वृद्धि सभापति विन्दु डाँगी पाण्डे, कानुनी सल्लाहकार सुनिता थापा, शाखा सम्पादकमा रोजिना गिरी, कोष वृद्धि संयोजक आकृति शर्मा, स्वास्थ्य संयोजक संगीता रोकाय, जनसम्पर्क अधिकृत बसन्ता भण्डारी, प्रवक्ता वसन्ता सुवेदी र अध्यक्ष सल्लाहकार अनिता ढकाल निर्वाचित तथा मनोनित हुनु भएको थियो ।

महिला जेसिज वर्ष २०२३ का अध्यक्ष नारायणी भण्डारीको अध्यक्षतामा भएको पद हस्तान्तरण समारोह लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद द्वय निमा गिरी, लोकी कुमारी विक, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रममा दाङ महिला जेसिजका वर्ष भरिका गतिविधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट संयोजक संगिता रोकाया, उत्कृष्ट जेसि रेवन्ता पुन र सर्वाधिक संलग्नता भिमा विसीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण वर्ष २०२३ का महासचिव अर्चना शर्माले गर्नुभएको थियो । सो अवसरमा दाङ महिला जेसिजको वार्षिक मुखपत्र बसुधाको विमोचन गरिएको थियो ।
तस्वीर : कुलदीप न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *