दृष्टिविहीनलाई घोराही बनाऔं अभियानद्वारा खाद्यान्न सहयोग 

राजनीति समाचार
Spread the love

घोराही। घोराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग गरेको छ। तनहुँ घरभइ हाल घोराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन सपना खड्कालाई एक बोरा चामल र फलफूल सहयोग गरेको हो।

श्रीमान भरत कार्की दुर्घटनामा परी घाइते भएका र उनको उपचारका लागि आफूले बजारमा गीत गाउदै आर्थिक जोह गरिरहेको सपनाले जानकारी दिए। घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन र महासचिव पाण्डव शर्माले चामल र फलफूल हस्तान्तरण गरेका हुन्।

अभियानसँग कुनै आर्थिक स्रोत नभएकाले व्यक्तिगत तवरबाट सहयोग गरिएको संयोजक सविन प्रियासनले जानकारी दिए। अभियानका महासचिव पाण्डव शर्माले अभियानको उद्देश्य सबैमा सामाजिक भावनाको उत्प्रेरणा जगाउने भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *