कर्मचारीकी छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय फेर्दा बालेनले ३ कर्मचारी निलम्बन गरे

शिक्षा समाचार
Spread the love

काठमाडौ । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् ।

‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई सोमबार मेयर शाहले निलम्बन गरेको महानगर स्रोतले बतायो ।

वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर शाहले नै यसबारे छानबिन थालेका हुन् ।

एक कर्मचारीको छोरीलाई जागिर दिलाउन मिलेमतोमा संख्या थपिएको पाइएको छ’, स्रोतले भन्यो, ‘कार्यपालिकाको निर्णय नै तोडमोड गर्ने अधिकार कसैलाई हुँदैन ।’नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, बिडारीले आफनी छोरीलाई जागिर खुवाउन निर्णयभित्र घुसेर ५ जनाको ठाउँमा ६ जना बनाएर छोरीको नाम थप गरेको पाइयो ।’

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । कार्यपालिकाको बैठकका निर्णयहरु प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्छ। त्यसपछि मात्रै मेयरको कार्यालयमा जाने गर्छ । मेयरज्यूकहाँ आउँदा ६ जनाको आयो । ६ जना कसरी आयो भनेर हेर्दा महानगरको कर्मचारीकी छोरीलाई जागिर दिन रहेछ’, स्रोतले भन्यो । प्रमुख प्रशासकीय अधिकृत नै संलग्न भएको घटना भएकाले छानबिन समिति नबनाइ मेयर आफैंले अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *