काठमाडौं । मः मः पसलमा काम लगाइदिने भन्दै एक जनाको भारत पुर्याएर मृर्गौला झिकिएको पाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई उक्त आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दर्जीलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । परिवर्तित नाम २६ बबरमहल (१०५) लाई उनले कोलकत्तामा मःम पसलमा काममा लगाइदिने र मासिक ३० हजार भारु तलब पाइने प्रलोभन देखाएर काकडभिट्टा हुँदै कोलकत्ता पुर्याएका थिए ।
त्यसपछि बेहोस पारेर उनको मिर्गौला झिकेर अर्को व्यक्तिलाई प्रत्यारोपण गरेको देखिन आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ६ लाख दिएपछि आफ्नो मिर्गौला बेचिएको पीडितले एकीन गरेको ब्यूरोले जनाएको छ ।
अनुसन्धानको क्रममा यसअघि पनि उनी मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
दर्जीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
उक्त घटनामा बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीको समेत विरुद्धमा ब्यूरोमा जाहेरी परेको थियो ।