दाङ, ९ पुस ।
अर्थविद् तथा सांसद डा.स्वरणीम वाग्ले दाङ आउने हुनुभएको छ । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यवसायीक अर्थ संम्वाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहनुभएका डा। वाग्ले दाङ आउन लाग्नु भएको हो ।
मंगलबार हुन लागेको अर्थ संम्वाद कार्यक्रममा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसी, नेपाल चार्टर एकाउण्टेन्स संघ ऐक्यानका पूर्वअध्यक्ष सिए भरत रिजाल, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा लगायतले अर्थ संम्वाद कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको रिपार्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजे देखि हुनेछ । अर्थ संम्वाद कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, तुलसीपुर उद्योग वाणिज्य संघ, दाङ जिल्ला उद्योग वाणिज्य संघ र लमही उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
त्यस्तै कार्यक्रममा नागरिक समाज, उद्योगी व्यवसायी र पत्रकारहरुले बदलिदो अर्थतन्त्र र बर्तमान अवस्थाको बारेमा जिज्ञासा राख्न पाउने गरी कार्यक्रमको तयारी गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । साथै कार्यक्रममा सहभागीताका लागि सम्पूणर् उद्योगी व्यवसायी लगायत आम नागरिकहरुमा आयोजकले अपिल गरेको छ ।