शुक्रबार राति घोराही उपमहानगरपालिका- १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिप्पर चालकलाई कारवाही नभएसम्म शव अस्पतालबाट नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका थिए।
सोही क्रममा आज बिहान आन्दोलन गर्ने क्रममा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो । घोराहीका चक्काजाम गर्ने क्रममा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका- ६ का वडा अध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हो।
‘न्यायको आवाज उठान आएका हामी अहिले जिल्ला प्रहरी कार्यालयमा छौं। वार्ताबाटै काम टुङ्ग्याउन खोज्दा पनि उपर्युक्त वातावण नभएपछि हामी सडकमा उत्रिन बाध्य भएका हौं’, स्थानीय वालेन्द्र केसीले भने,’हामीले चालकलाई कारवाही र क्षतिपूर्तिको माग राखेका हौ । यस बारेमा छलफलसम्म गर्न पाइएको छैन